२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

आज २०८१ साल माघ १२ गते शनिबारको राशिफल

शनिवार , माघ १२, २०८१

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। सहकर्मीले तपाईंको विरोध गर्नेछन्। मन अशान्त भएकाले हरेक कुरामा विवाद हुनेछ। खानपानमा समस्या हुनेछ। आम्दानीका दृष्टिले दिन राम्रो छ।

वृष : दिन सामान्य छ। रोगको उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको कामप्रति साथीले असन्तुष्टि जनाउने छन्। बोली र व्यवहारमा एकरुपताको खाँचो छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कर्कट : शुभग्रहको बहुमत रहेको छ। धार्मिक क्षेत्रको काममा सहभागी हुँदा मन शान्त बन्नेछ। तपाईंका विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंह : सानो कुराले मनमा खटपटी बढ्नेछ। शिक्षाको क्षेत्रमा लगानी नगर्नु उचित हुनेछ। लगानी गर्ने भए सहकार्यको आँचो देखिन्छ। धेरै कमाउने भन्दा भएको जोगाउने बाटो रोज्नु उचित हुनेछ।

कन्या : दिन राम्रो छ। साथीको साथ र सहयोग मिल्नेछ। शिक्षामा भन्दा स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। व्यापारमा फाइदा हुने योग रहेको छ।

तुला : धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुनेछ। गला र कलाको प्रदर्शनले तपाईंको नाम र दाम बढ्नेछ। परिवारले भन्दा साथीले गरेको प्रशंसाबाट मन शान्त बन्नेछ।

वृश्चिक : उदयमान चन्द्रमा तपाईंको राशिमा पुगेका छन्। राज्यका अंगमा भएका काममा प्रयास गरे सफलता मिल्नेछ। साना कुराले तपाईंलाई छिटो रिस उठ्नसक्ने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा गोपनीयता भंग नगर्नु उचित हुनेछ।

धनु : आफ्नै बोलीले अप्ठेरो परिस्थिति बन्ने जोखिम रहेको छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। बौद्धिक व्यक्ति विपक्षी भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : ११ औं स्थानमा चन्द्रमा पुगेकाले थोरै लगानी गरे पनि व्यापारमा ठुलो फाइदा हुने सम्भावना छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। बिहान धार्मिक कार्यमा सहभागी बन्नु उचित हुनेछ।

कुम्भ : साना कुराले मनमा खटपटी बढ्नेछ। शिक्षाको माध्यमबाट अगाडि बढ्नुपर्ने दिन छ। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने समय आएको छ। गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले तपाईंको मनमा खुशी मिल्नेछ।

मीन : नवौ भावमा चन्द्रमा पुगेकाले शिक्षामा गरेको मेहनत सफल बन्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा शनिदेवको प्रभाव पर्नसक्ने भएकाले बिहान धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट