२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला हो : प्रहरी महानिरीक्षक कुँवर

शनिवार , माघ १२, २०८१

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरुको सुरक्षा प्रमुख सरोकारको विषय भएको बताएका छन् ।

४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बतमाएका हुन् ।

उनले नेपाल सुन्दर मात्र नभइ सुरक्षित रहेको महशुस पर्यटकहरुलाई दिलाउनसके मात्रै नेपालमा पर्यटकको संख्या बढ्ने बताए । उनले पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला भएको बताए । उनले पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्रै सम्भव नरहेको भन्दै यसमा सरोकारवाला सबै निकायहरुको समानजनक भुमिका अनिवार्य रहेको बताए ।

उनले भने, ‘पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरुको सुरक्षा पनि प्रमुख सरोकारको विषय हुनुपर्दछ । नेपाल सुन्दर मात्र होइन, सुरक्षित पनि छ भन्ने विश्वास विश्वमाझ आफूलाई चिनाउनसके मात्रै पर्यटन क्षेत्रमा थप आकर्षण बढाउन सकिन्छ ।

पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला हो । पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्रै सम्भव छैन । यसका लागि सरोकारवाला सबै निकायहरुको समानजनक भुमिका अनिवार्य छ ।’

प्रहरी महानिरीक्षक कुँवरले पर्यटकीय दृष्टिकोणबाट नेपाल आकर्षणको केन्द्र रहेको उल्लेख गरे । उनले पर्यटकीय प्रहरीको षमता वृद्धि गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट