२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

हिमालमा हिमपात र तराईमा शितलहरः प्रभावकारी व्यवस्थापन गर्न प्राधिकरणको निर्देशन

शनिवार , माघ १२, २०८१

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले हिमपात र शितलहरबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ ।

केही दिन यता तराईका जिल्लाहरुमा भइरहेको शितलहर र हिमाली जिल्लाहरुमा भइरहेको अत्याधिक हिमपातबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसालले विगत केही दिनदेखि तराईका जिल्लाहरुमा शितलहर र हिमाली जिल्लाहरुमा हिमपातका कारण जनजीवन प्रभावित भइरहेको बताए । उनले हिमपात र शितलहरका कारण चिसोबाट प्रभावित हुने जनसंख्या उल्लेख्य रहेको बताए ।

उनले चिसोबाट नागरिकहरुलाई बचाउन प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई प्रभावकारी व्यवस्थापन गर्न नर्देशन दिएको बताए । शितलहर र हिमपातको लागि तयारी अवस्थामा रहन र पूर्वतयारीका क्रियाकलापहरु गर्नका लागि परिपत्र जारी गरिसकेको जानकारी दिए ।

उनले यसअघि नै प्राधिकरणले कार्ययोजना बनाएर सबै जिल्लाहरुमा परिपत्र गरिसकेको बताए । महिला, बालबालिका, सीमान्तकृत संकटापन्न समुदायका लागि न्यायो कपडा र दाउराको व्यवस्था गर्ने लगायतका कामहरु भइरहेको उनले बताए ।

विगत केही दिनदेखि कोशी, मधेस र वागमती प्रदेशका तराई क्षेत्रमा दिनभर हुस्सु/कुहिरो लागेको छ । मधेस प्रदेशको पूर्वी भूभाग (सप्तरी) र कोशी प्रदेशको तराई भूभाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मधेस प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको तराई भूभागमा केही दिन अझै शीतलहर रहने बताएको छ । शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरुको दैनिक जीवनमा असर पर्नसक्ने भन्दै आवश्यक शतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट