
काठमाडौं । नेपाली कांग्रेस उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ ।
आउँदो माघ १६ र १७ गते विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको हो । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरुका लागि यो सम्मेलन परिचयात्मक कार्यक्रम हुने बताइन् । उनले युवाहरुलाई उमशिलतामा प्रोत्साहन गर्न सम्मेलन महत्वपूर्ण हुने बताइन् । सम्मेलनमा सबैभन्दा युवाहरुलाई बढी जोडिने जानकारी दिइन् ।
उनले सम्मेलनले साना तथा मझौला व्यवसायीका लागि नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरिन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend