logo

२०८१ माघ १४ सोमबार

logo
  • सोमबार, १४ माघ २०८१
  • निजामती कर्मचारी सङ्गठन प्रम कार्यालय विभागीय समितिमा नयाँ नेतृत्व

    निजामती कर्मचारी सङ्गठन प्रम कार्यालय विभागीय समितिमा नयाँ नेतृत्व

    357
    Shares
    निजामती कर्मचारी सङ्गठन प्रम कार्यालय विभागीय समितिमा नयाँ नेतृत्व

    काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विभागीय कार्यसमितिमा नयाँ नेतृत्व चयन भएको छ ।

    समितिको १२औँ अधिवेशनले झलनाथ नेपालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको खुला उपाध्यक्षमा महेशचन्द्र गिरी, महिला उपाध्यक्षमा अन्जु भट्टराई, सचिव सदानन्द सापकोटा, सहसचिव अम्बर अधिकारी, कोषाध्यक्ष रामबाबु खनाल निर्वाचित गरेको छ ।

    यसैगरी समितिको सदस्यहरुमा उर्मिला घिमिरे, रमला पराजुली, चन्द्रेश्वर राना, भूपध्वज राई र पूर्णप्रसाद अगस्थी छन् । केन्द्रीय प्रतिनिधि खुलामा राम घिमिरे, केन्द्रीय प्रतिनिधि महिलामा तारा न्यौपाने पोखरेल निर्वाचित भएका छन् ।

    प्रदेश प्रतिनिधिमा खुलामा देवेन्द्र सुवेदी, प्रदेश प्रतिनिधि महिलामा रुक्मणी भट्टराई, लेखापरीक्षण आयोगको संयोजकमा अर्जुन गौतम र सदस्यमा झुमा घिमिरे निर्वाचित भएका छन् ।

    अधिवेशनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नेतृत्वबाट पेसागत हक हितको सुरक्षा एवं प्रशासनलाई सुदृढ, सक्षम, सेवामूलक, सभ्य र जनमुखी बनाई राष्ट्रिय लक्ष्य प्राप्तिका लागि भूमिका खेल्न आग्रह गरेका छन् ।

    निजामती सेवालाई छिटोछरितो, मर्यादित, व्यावसायिक तथा नतिजामूलक बनाउँदै जनताको विश्वास आर्जन गर्न पनि उनले आग्रह गरेका छन् ।

    अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्रीका आर्थिक मामिला तथा विकास सल्लाहकार डा युवराज खतिवडाले सरकारको भावनाअनुसार जनउत्तरदायी भई प्रभावकारी काम गर्न आग्रह गरे । निजामती कर्मचारीले पदीय मर्यादामा रही निष्पक्ष सेवा प्रवाह गर्नुपर्नेमा उनको जोड थियो ।

    निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले शुभकामना मन्तव्य व्यक्त गर्दै कर्मचारीको हितमा काम गर्न नयाँ समितिले योगदान गर्ने विश्वास गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend