२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

ओहदाको प्रमाणपत्र प्रस्तुत

मंगलवार , माघ १५, २०८१

काठमाडौँ । मलेसियाका लागि नेपालका राजदूत डा नेत्रप्रसाद तिमिल्सिनाले क्वालालम्पुरस्थित राजप्रासादमा आज आयोजित विशेष समारोहमा त्यहाँका राजा सुल्तान इब्राहिमसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरे ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजदूत तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजा इब्राहिमको सुस्वास्थ्य एवं दीर्घायुका साथै मलेसियाका जनताको उत्तरोत्तर प्रगतिको कामना गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा मलेसियाका विदेशमन्त्री दातोसिरी उतामा हाजी मोहम्मद बिन हाजी हसन, विदेश मन्त्रालयका उच्चअधिकारीका साथै नेपाली राजदूतावासका पदाधिकारीको उपस्थिति थियो ।

राजदूत तिमिल्सिनासहित अन्य राष्ट्रका पाँचजना राजदूतले पनि सोही समारोहमा आ–आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट