logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • परराष्ट्रमन्त्रीसँग भारतीय अतिरिक्त सचिवको भेट, फाप्ला क्रिकेट स्टेडियमबारे छलफल

    परराष्ट्रमन्त्रीसँग भारतीय अतिरिक्त सचिवको भेट, फाप्ला क्रिकेट स्टेडियमबारे छलफल

    427
    Shares
    परराष्ट्रमन्त्रीसँग भारतीय अतिरिक्त सचिवको भेट, फाप्ला क्रिकेट स्टेडियमबारे छलफल

    काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज शिष्टाचार भेट गरेका छन्  ।

    सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयहरुका साथै आपसी चासो, साझा हित र आगामी दिनमा गरिने सहकार्यबारे कुराकानी भएको थियो ।

    सो भेटका अवसरमा मन्त्री डा राणाले नेपालले भारतसँगको महत्वलाई उच्च महत्व दिएको चर्चा गर्दै नेपाल र भारतका नागरिक तथा दुई देशको पारस्परिक हितका लागि नेपाल सधैँ भारतसँग नजिक रहेर सहकार्य गर्न चाहेको  बताइन  ।

    साथै सो भेटका क्रममा दुई देशबीचको सीमासम्बन्धी कार्यदल, बाउन्ड्री वर्किङ ग्रुप एक महत्वपूर्ण संयन्त्र रहेको र दुई देशका बीचमा सीमा सम्बन्धमा कुनै मुद्दा उठेमा सोही समूह बसेर आवश्यक कार्य गर्नुपर्नेमा केही बर्षदेखि त्यसको बैठक बस्न नसकेकाले उक्त ग्रुपको बैठक बस्ने विषयमा छलफल भएको थियो ।

    सन् २०२४ को जनवरीमा बसेको नेपाल इन्डिया ज्वाइन्ट कमिसनको बैठकले पनि सो ग्रुपको बैठक तत्कालै बसेर सीमाका सम्बन्धमा आवश्यक कार्य गर्न निर्देशन दिएकाले सो बैठक चाँडै बस्नेबारे त्यस अवसरमा कुराकानी भएको थियो ।

    नेपाल इन्डिया ज्वाइन्ट कमिसनको सन् २०२४ को जनवरीमा काठमाडौँमा बसेको सातौँ बैठकमा नेपालले महेन्द्रनगर र नेपालगञ्जबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको तथा भैरहवास्थित गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट हवाई उडानका लागि अनुरोध गरिएको विषयमा स्मरण गराउँदै मन्त्री डा राणाले यस विषयलाई विशेष प्राथमिकतामा राखिदिन सचिव महावर मार्फत् भारत सरकारलाई आग्रह गरीन  ।

    यस विषयमा नेपाल र भारत दुवै देशका प्राविधिक व्यक्तिहरुबीच आवश्यक छलफल गर्नुपर्ने बताउँदै उनीहरुले यसै महिना काठमाडौँमा बसेको द्विदेशीय व्यापारसम्बन्धी इन्टर गभर्मेन्टल कमिटी, आइजिसीको बैठक फलदाली रहेको उल्लेख   गरे  ।

    नेपालले महाकाली नदीको पूर्वी तर्फबाट दार्चुला हुँदै टिंकरसम्म पुग्ने सडक निर्माण गरिरहेको र भौगोलिक बिकटताका कारण निर्माण कार्यका लागि आवश्यक उपकरण एवं अन्य सामग्रीहरुको ढुवानीका लागि समस्या भएकाले भारतको भूमि भएर ती सामग्रीहरुको ओसारपसारका लागि नेपालले औपचारिक रुपमा नै आग्रह गरिसकेकाले त्यसका लागि सहजीकरण गरिदिन पनि मन्त्री डा राणाले आग्रह गरीन  ।

    यसअघि सन् २०२३ को जुनमा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको समझ्दारी बमोजिम धनगढीको फाप्लामा क्रिकेट स्टेडियम र स्पोर्टस् भिलेज निर्माणको डिपीआर तयार गरी भारतीय पक्षलाई पठाइएको जानकारी पनि उनले गरीन  ।
    साथै धनगढी गौरीफन्टा लगायतका व्यापारिक नाकाहरुको स्तरोन्नति एवं पूर्ण क्षमतामा सञ्चालनका लागि दुवै पक्षको समन्वय र तदारुकताका विषयमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend