logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • सतिघाट–दिङ्ला सडक : दुई आर्थिक वर्षमा दुई किमी कालोपत्र

    सतिघाट–दिङ्ला सडक : दुई आर्थिक वर्षमा दुई किमी कालोपत्र

    175
    Shares

    भोजपुर । वर्षातमा हिलाम्य र हिउँदमा धुलाम्य भएर वषौँदेखि समस्या भोग्दै आएको सडक कालोपत्र भएपछि जिल्लाको उत्तरी क्षेत्रका नागरिकलाई सहजता भएको छ ।

    बाढीमा मात्रमा समस्या हुने सतिघाट–दिङ्ला करिव दुई किलोमिटर सडक कालोपत्र गरिएपछि स्थानीयलाई सहजता भएको हो । कोशी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय अन्तर्गत दुई किमी सडक कालोपत्र सम्पन्न भएको हो ।

    यस आर्थिक वर्षमा दुई करोड २० लाख रुपैयाँ लागतमा दोश्रो खण्डको बाह्र सय मिटर सडक कालोपत्र सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । गत आर्थिक वर्षमा पहिलो खण्डको आठ सय मिटर कालोपत्र सम्पन्न गरिएको उनको भनाइ छ । दुई आर्थिक वर्षमा दुई किमी सडक निर्माण सम्पन्न भएको उनले जानकारी दिए । “सातिघाट–दिङ्ला सडक कालोपत्र गरिरहेका छौँ” प्रमुख रेड्डीले भने,“यो सडकमा बर्षेनी थोरै थोरै मात्र बजेट आउने गरेको छ । यो आर्थिक वर्षमा करिव बाह्र सय मिटर सडक कालोपत्र सम्पन्न भएको छ ।”

    उत्तरी क्षेत्रको लागि निकै महत्वपूर्ण सडक भएपनि राज्यबाट कम मात्र बजेट विनियोजन हुँदा थोरै/थोरै मात्र सडक कालोपत्र गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । राज्यले यस्ता महत्वपूर्ण सडकलाई बहुवर्षिय सडकमा राखेर प्राथमिकताका साथ बजेट विनियोजन गर्नु पर्ने उनले बताए । यो सडक खण्डको कुल लम्बाई बाह्र किलोमिटर रहेको उनको भनाइ छ ।

    यहाँ प्रि मिक्स प्राविधिबाट सडक कालोपत्र गरिएको हो । सडक तोकिएको मापदण्ड अनुसार गुणस्तरियढंगले निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका सव–इन्जिनियर चन्द्र शेखर सिंहले बताए । सडकमा लगाएको सामग्रीको ल्याव परिक्षण गरेर मात्र प्रयोगमा ल्याइएको उनको भनाइ छ ।

    २०८० चैत महिनाबाट शुरु भएको सडक निर्माणको ११ महिनामा सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि नवीन यादवले बताए । सातिघाट–दिङ्ला सडक कालोपत्र भएपछि सहजता भएको स्थानीयबासीको भनाइ छ । भोजपुर र संखुवासभालाई जोड्ने सतिघाटमा पक्की पुलबन्न आवश्यक रहेको स्थानीयबासी नवीन कार्कीले बताए । राज्यको तहबाट यहाँ पक्की पुल निर्माण पहल भएदेखी स्थानीयबासीलाई थप सहजता हुने उनको भनाइ छ ।

    यो प्रदेश सरकारको बजेटमा सडक कालोपत्र भएपछि आवतजावतमा सहजता भएको षडानन्द ६ का वडाध्यक्ष सुमन विसुन्केले बताए । सडक कालोपत्रले स्थानीयलाई सहज भएपनि अरुण नदीमा पक्की पुल नहुँदा भने समस्या रहेको उनको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend