२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

प्रयागराज महाकुम्भमा अमृत स्नान गर्ने क्रममा भएको भागदौडको घटनामा राष्ट्रिय समता पार्टी नेपाल द्धारा दु:ख व्यक्त

बिहिवार , माघ १७, २०८१

काठमाडौँ । राष्ट्रिय समता पार्टी नेपालद्धारा भारतको प्रयागराज महाकुम्भमा अमृत स्नान गर्ने क्रममा भएको भागदौडको घटनामा दु:ख व्यक्त गरेको छ ।

सो पार्टीका महासचिव अभिषेक तिवारीले आज एक प्रेस विज्ञप्ति प्रकासित गर्नु भई प्रयागराज महाकुम्भमा हिजो मौनी अमावश्याको दिन अमृत स्नान गर्ने क्रममा भएको हृदयविदारक भागदौडको घटनाबाट आफुहरु अत्यन्तै दु:खी भएको बताउनु भएको छ ।

महाकुम्भमा भएको भागदौडको घटना अत्यन्तै दु:खद भएको उहाँद्धारा प्रकासित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“उक्त हृदयविदारक घटनामा दिवंगत हुनुभएका आत्माहरूप्रति विनम्र श्रद्धाञ्जली अर्पण गर्दै घाइते हुनुभएका भक्तहरूका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौंँ साथै घाइते सबै भक्तजनहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौंँ ।

तीर्थराज प्रयागराज महाकुम्भमा जाने सम्पूर्ण भक्तजनहरुलाई कुनै पनि अफवाहमा ध्यान नदिई प्रशासनले दिएको निर्देशन पालना गर्नुका साथै महाकुम्भमा स्नान का लागी सहभागी हुने भक्तजनहरुले आफु नजिकैको घाटमा पवित्र स्नान गर्न हार्दिक अपिल गर्दछौँ ।” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट