२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

गुल्मीमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

आइतवार , माघ २०, २०८१

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर आज विहान अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लु३त ५११२ नंको ट्रयाक्टरका सहचालक कालीगण्डकी –२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा गल्याङ् नगर अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए । दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट