२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

कालीगण्डकी खोँचमाथि भिरमा झुण्डिएको स्काइ क्याफेमा पर्यटनमन्त्री पाण्डे

सोमवार , माघ २१, २०८१

कुश्मा । द क्लिफमा सञ्चालनमा रहेको स्काइ क्याफेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मज्जा लिएका छन् ।

नेपाली कांग्रेस पर्वत जिल्ला सभापति युवराज जोशीसँगै द क्लिफ पुगेका मन्त्री पाण्डेले स्काइ क्याफेमा खाजा खाएर रमाइलो गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । मन्त्री पाण्डेले द क्लिफ नमुना पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुन सफल भएको भन्दै प्रशंसा गरेका थिए ।

एड्भेन्चर टुरिजम हबका रूपमा विकास भइरहेको द क्लिफको स्काइ क्याफे सरकारी निकायका प्रतिनिधि, राजनीतिज्ञ, कूटनीतिक नियोगका पदाधिकारी, कलाकार तथा सर्वसाधारणको समेत रोजाइमा पर्दै आएको छ ।

सङ्घीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, माओवादी केन्द्रका नेता जनार्दन शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अभिनेत्री वर्षा सिवाकोटी, गायक प्रकाश सपूतलगायतले स्काइ क्याफेको अनुभव लिइसकेका छन् ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङको बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुँदै आएको छ ।

बञ्जी र स्वीङसँगै क्लिफमा विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रिज, स्काइ ग्लाइडिङ, स्काइ चियरलगायत सञ्चालनमा छन् । कपल बञ्जी र मेगाट्रोल सञ्चालनको पनि तयारी अन्तिप चरणमा पुगेको अध्यक्ष कार्कीले जानकारी दिएका छन्।

द क्लिफको रिसोर्टमा लग्जरी कटेज रुमको सुविधा छ भने इन्फिनिटी स्विमिङ पुल र कन्फ्रेन्स हल निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट