२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

बेलायतका अधिराजकुमार नेपाल भ्रमणमा

मंगलवार , माघ २२, २०८१

काठमाडौँ । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डूयक अफ एडिनब्रा एडवार्ड र उनका श्रीमति डचेस सोफी नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुगेका छन् ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै आगमनका क्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारीहरूले स्वागत गरेको मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनीहरू काठमाडौँस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जानहुुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट