२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

४ करोड ५९ लाखमा बन्याे ढोरपाटन नगरपालिकाको आफ्नै प्रशासनिक भवन,उपप्रधानमन्त्री सिंहले गरे उद्घाटन

मंगलवार , माघ २२, २०८१

काठमाडौं । पश्चिम बागलुङको ढोरपाटन नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।

सोमबार नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले भवन उद्घाटन गर्दै बुर्तिवाङमा नमूना सहर निर्माणको अभियान छिटै पूरा गर्न आवश्यक बजेटको व्यवस्थापनमा साथ दिने प्रतिबद्धता जनाए ।

ढोरपाटन नगरपालिकाको मुकाम रहेको बुर्तिबाङ बजार पनि मध्यपहाडी राजमार्गले निर्माण गर्ने दशवटा नमुना सहरमा सूचिकृत छ । पहाडी क्षेत्रको बसाइसराइ रोक्न नमूना सहरहरु विकास गर्ने राज्यको नीति रहेको सिंहले बताए । ‘‘देशको अर्थतन्त्र उकास्न पनि नमूना सहरहरु उपयोगी बन्ने छन् ।’’ सिंहले भने ।

उपप्रधानमन्त्री सिंहले उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजनाको काम पनि छिट्टै अगाडि बढाउन पहल गर्ने आश्वासन दिए ।

चार करोड ५९ लाख ३४ हजार रुपियाँ लागतमा निर्माणाधीन प्रशासनिक भवन माघमा सम्पन्न भएको हो । पालिकाको प्रशासनिक भवन निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ बाट स्थानीय उपभोक्ता समितिमार्फत निर्माण कार्य सुरु गरी आ.व.२०७९/८० मा ढोरपाटन निर्माण सेवाले ठेक्का लिई निर्माण कार्य सुरु गरेको थियो । आ.व. २०८०/८१ मा पुनः ठेक्का भई अमित इन्फ्रा बिल्डर्स प्रालिले भवन निर्माण सम्पन्न गरेको हो ।

नगरपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह हुँदा सेवाग्राही र सेवाप्रदायक दुवैलाई सहज हुने नगर उपप्रमुख धनबहादुर कायतले विश्वास व्यक्त गरे । नयाँ भवनसँगै काम गर्ने सोच र जागर पनि नयाँ पलाउने उनले बताए । नगरपालिकाको आफ्नै भवनबाट सहज रुपमा सेवा प्रवाह हुने भएपछि स्थानीयवासीले समेत खुसी व्यक्त गरेका छन् ।

‘‘भवनको उद्घाटन भयो, केही दिनमा भवन स्थानान्तरण गरी सेवा प्रवाह गर्नेछौँ ।,’’ कायतले भने । भवन निर्माण भए पनि सवारीसाधन पार्किङस्थल, अन्य पूर्वाधार व्यवस्थापनको काम भने बाँकी रहेको हाे ।

नगरपालिकाले यसअघि वार्षिक २५ लाख रुपियाँभन्दा बढी भुक्तानी गर्नेगरी भाडाको घरबाट सेवा दिँदै आएको थियो । अब भने आफ्नै भवनबाट सेवा दिने छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट