काठमाडौं । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् ।
उनीविरुद्ध हिजो चितवन जिल्ला अदालतमा सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएसँगै आज बयानका लागि अदालतमा उपस्थित भएका हुन् ।
सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा रवि विरुद्ध मुद्दा दर्ता भएको थियो ।
अदालतका अनुसार आजबाट रविको बयान सुरु हुनेछ । बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।
यसअघि रवि कास्की, काठमाडौं र रुपन्देहीबाट धरौटीमा रिहा भएका हुन् । उनले कास्कीमा ६५ लाख, काठमाडौंमा ६० लाख र रुपन्देहीमा १ करोड धरौटी बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस