काठमाडौं । चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा पेशी तोकिएको छ ।
साहारा चितवन सहकारी ठगी प्रकरण रविविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।
रविको बयान आजै हुने बताइएको छ । उनीमाथिको बयान सकिएपछि थुनछेक बहस हुन्छ ।
त्यसपछि अदालतले साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।
रास्वपा सभापति लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दायर भएको हो । १२ जनाविरुद्ध संगठित अपराध र ठगी दुवै अपराधमा मुद्दा दर्ता भए पनि रविविरुद्ध भने ठगी मुद्दा मात्र दर्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस