२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

थुनछेक बहस नसकिएपछि रविलाई न्यायिक हिरासतमा पठाउन आदेश

बुधवार , माघ २३, २०८१

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले प्रहरी हिरासतमा राख्न आदेश दिएको छ ।

चितवन अदालतमा आजबाट सुरु भएको बयानपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो ।

बुधवार चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले बहस गरेका छन् ।

चितवनको साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट