काठमाडौं । साहारा चितवन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथिको मुद्दाको दोस्रो दिन आज थुनछेक बहस सुरु भएको छ ।
रविको बयान हिजोदेखि सुरु भएको थियो । जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयान हिजो सकिएकाले आज पुनः बहस सुरु भएको हो ।
बुधबार बहस नसकिए पछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासतमा पठाइएको थियो ।
हिजो वादी तर्फका सरकारी वकिलको बहस सकिएको थियो ।
आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुनेछ । बहस सकिए आजै आदेश आउने सम्भावना रहेको छ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सोमबार रविसहित १५ व्यक्ति र ६ वटा कम्पनीविरुद्ध अदालतमा पूरक अभियोग दायर गरेको थियो ।
यसअघि लामिछाने कास्कीबाट ६५ लाख, काठमाडौंबाट ६० लाख र रूपन्देहीबाट १ करोड धरौटी बुझाएर छुटेका थिए ।
प्रतिक्रिया दिनुहोस