
काठमाडौं । साहारा सहकारी चितवनको रकम ठगी प्रकरणमा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध चितवन अदालतमा दायर मुद्दाको थुनछेक बहस सकिएको छ ।
सभापति लामिछानेविरुद्धको मुद्दाको थुनछेक आदेश आजै आउने भएको छ ।
चितवन अदालतमा रविसहित १५ जना र ६ संस्थाविरुद्ध चितवनमा मुद्दा दायर गरिएको थियो ।
न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान तथा थुनछेक बहस भएको हो ।
रवि हिजै बयानका लागि अदालत हाजिर भएका थिए । चितवन अदालतमा न्यायाधीश ढकालको इजलासमा बुधबार र आज बिहीबार थुनछेक बहस भएको हो ।
अब अदालतले साधारण तारेख वा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend