२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

चितवनमा रवि लामिछानेको थुनछेक बहस सकियो, आदेश आजै आउने

बिहिवार , माघ २४, २०८१

काठमाडौं । साहारा सहकारी चितवनको रकम ठगी प्रकरणमा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध चितवन अदालतमा दायर मुद्दाको थुनछेक बहस सकिएको छ ।

सभापति लामिछानेविरुद्धको मुद्दाको थुनछेक आदेश आजै आउने भएको छ ।

चितवन अदालतमा रविसहित १५ जना र ६ संस्थाविरुद्ध चितवनमा मुद्दा दायर गरिएको थियो ।

न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान तथा थुनछेक बहस भएको हो ।

रवि हिजै बयानका लागि अदालत हाजिर भएका थिए । चितवन अदालतमा न्यायाधीश ढकालको इजलासमा बुधबार र आज बिहीबार थुनछेक बहस भएको हो ।

अब अदालतले साधारण तारेख वा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट