काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेल गर्ने सहमति भएको छ ।
जसअनुसार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको सिफारिसमा द्वितीय उपाध्यक्ष, सचिव र केही सदस्य प्यानलमा उम्मेदवार बन्नेछन् ।
संगठनले द्वितीय उपाध्यक्षमा संस्थाका महासचिव मधुकर रिजाल र सचिवमा संस्थाका सचिव अनिल बोगटीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । सदस्यहरूको टुंगो लगाउन छलफल जारी रहेको बताइएको छ ।
त्यस्तै, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट अध्यक्ष पदमा मञ्चका पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिव नरेश गेलाल र महासचिवमा मञ्चका अध्यक्ष जनक रावल उम्मेदवार बन्ने भएका छन् ।
प्रथम उपाध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्यका उम्मेदवारहरूको नामका लागि छलफल जारी छ ।
प्रतिक्रिया दिनुहोस