काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनका लागि नरेश गेलाल अध्यक्ष उम्मेदवार रहेको ‘संयुक्त व्यवसायिक समूह’ बाट महासचिव पदका लागि जनक रावलले उम्मेदवारी दिएका छन् ।
उनले प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट उम्मेदवारी दिएका हुन् । उनी रावल इन्टरनेशनल प्रालिका सञ्चालक हुन् ।
रावलले वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिको निर्वाचनका लागि आफूले उम्मेद्वारी दिएको जानकारी दिए ।
साथै उनले महासचिव पदमा उम्मेद्वारी दिएको जानकारी दिँदै अमुल्य मत आफूलाई दिई निर्वाचित गराउन पनि सम्पूर्णमा अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस