२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

४ करोड ६५ लाखमा बने सशस्त्र प्रहरीका चार भवन

शनिवार , माघ २६, २०८१

बनियानी । झापाका चार स्थानमा सशस्त्र प्रहरी बलका भवन निर्माण भएका छन् । भद्रपुर र काँकडभिट्टामा सीमा सुरक्षा गुल्म तथा महेशपुर र ज्यामिरगढीमा बोर्डर आउट पोस्ट (बिओपी) का निम्ति ती भवन निर्माण भएका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका प्रमुख प्रहरी उपरीक्षक कविन्द्र राईका अनुसार चार करोड ६५ लाख ५६ हजार छ सय ७४ रुपैयाँको लागतमा ती भवन निर्माण भएका हुन् ।

मेचीनगर–७ मा नौ कट्ठा दुई धुर जग्गा खरीद गरी एक करोड ३९ लाख ९ हजार चार सय २६ रुपैयाँको लागतमा नयाँ भवन निर्माण गरिएको हो ।

यसैगरी, भद्रपुर नगरपालिका–५ स्थित देवीबस्तीमा १० कट्ठा जग्गा खरीद गरी एक करोड ३१ लाख ३७ हजार तीन सय ३३ रुपैयाँको लागतमा सुरक्षा गुल्मका निम्ति भवन निर्माण गरिएको हो ।

मेचीनगर–१५ स्थित लिम्बूडाँडामा एक बिगाह ऐलानी जग्गामा एक करोड १३ लाख ८१ हजार ४०३ रुपैयाँ र सोही वडाको ज्यामिरगढीस्थित अर्को भवन बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट