२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

जनजाति एवं थारू मुक्तिका क्षेत्रमा कांग्रेसले धेरै काम गरेको छ: परराष्ट्रमन्त्री राणा

शनिवार , माघ २६, २०८१

काठमाडौँ - परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले नेपाली कांग्रेसले काम गर्ने तर प्रचार भने नगर्ने गरेको बताउनुभएको छ ।

नेपाली कांग्रेस थारु विभाग र नेपाल थारु संघको संयुक्त आयोजनामा आज कैलालीमा आयोजित प्रथम कैलाली जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री डा राणाले भन्नुभयो– नेपाली कांग्रेसले नेपालमा जातीय मुक्ति एवं जनजातिको अधिकार स्थापित गर्ने क्षेत्रमा धेरै काम गरेको छ तर आफूले गरेका कामको प्रचार कहिल्यै गर्दैन ।

नेपाली कांग्रेस नेपालका सबै जाति, जनजाति, दलित, मधेशी एवं थारु लगायत सबैको साझा पार्टी हो भन्दै नेपालका यी समुदायको अधिकार स्थापित गर्न कांग्रेसले विगतदेखि नै काम गरेको स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो– विपी कोइरालाले उहिल्यै परशुनारायण चौधरीलाई पार्टीको महामन्त्री बनाउनुभएको थियो भने अहिले पनि पार्टीले थारु विभाग नै गठन गरेको छ । राज्यका महत्वपूर्ण स्थानमा थारु समुदायका व्यक्तिलाई पुर्याउनका लागि पनि कांग्रेसले विगतदेखि नै काम गरेको छ ।

उहाँले नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला विसं २०५८ मा कमैया मुक्तिका साथै महिला आयोग र दलित आयोग गठन गर्नुभएको प्रसंग उल्लेख गर्दै मन्त्री डा राणाले भन्नुभयो– नेपालमा सामाजिक आन्दोलनका क्षेत्रमा कांग्रेसले धेरै काम गरेको छ, तर यसको प्रचार गर्ने काम भने कांग्रेसले कहिल्यै पनि गर्दैन ।

आफू पनि बर्दियाको थारु बस्तीमै हुर्किएको स्मरण गर्दै मन्त्री डा राणाले आफूले नेपालका थारु जातिलाई इमान्दार, संस्कृति र परम्पराका धनी तथा आफ्ना काममा प्रतिबद्ध जातिका रुपमा चिनेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट