
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक दलहरुमा युवाहरुको सहभागिता नबढेसम्म राजनीति सत्ताको खेलमा मात्रै सिमित हुने बताएका छन् ।
आईतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ट्रान्सफर्मेटिव राजनीतिका लागि मूल्य मान्यता, पारदर्शीता र जिम्मेवारीसहितको नेतृत्व अपरिहार्य रहेको बताए । उनले वर्तमान सरकार जति बलियो छ त्यत्तिकै बलियो आंशका र बेथिति देखिएको टिप्पणी गरे ।
उनले सरकारले संसद छलेर अध्यादेश ल्याएको र व्यक्तिलक्षित निषेध र प्रतिशोधको राजनीति गरेको कारण सरकारप्रति जनताको विश्वास गुमेको बताए ।
उनले भने, ‘जबसम्म राजनीतिक दलहरुमा युवाहरुको सहभागिता बढाउँदैनौं, नयाँ सोत र नयाँ दृष्टिलाई प्रोत्साहन गरिदैन तबसम्म राजनीति सत्ताको खेलमै सिमित रहन्छ ।
जनताको वास्तविक स्थितिमा काम गर्न सकिदैन । ट्रान्सफर्मेटिव राजनीतिका लागि मूल्य मान्यता, पारदर्शीता र जिम्मेवारीसहितको नेतृत्व अपरिहार्य छ । तर अहिलेको सरकारबाट भने यो पार लाग्ने सम्भावना देखिँदैन । दुई तिहाईको वर्तमान सरकार बलियो छ ।
यस सरकारले चाह्यो भने देशमा केही परिवर्तन गर्नसक्छ । तर सरकार जति बलियो छ । आशंका र वेथिति पनि त्यत्तिकै बलियो देखिएका छन् । त्यो संसद छलेर ल्याएको अध्यादेशको विषय होस् वा व्यक्ति हेरेर निषेध वा प्रतिशोधको राजनीति गरेको विषय ।
धेरै यस्ता विषय छन् जसका कारण सरकारप्रति विश्वास गुमेको र आशंका गर्नुपर्ने परिस्थिति बनेको छ । संसद बोलानुपर्ने समयमा नबोलाएर अध्यादेश ल्याउनुपर्ने त्यस्तो के विपत्ति आइपरेछ सरकारलाई ? कसको स्वार्थपुर्ति गर्न हतार हतार अध्यादेश ल्याएको हो ? यसको जवाफ सरकारले दिनुपर्नेछ ।’
उनले कसको स्वार्थपूर्ति गर्न हतार हतार अध्यादेश ल्याइएको हो ? भन्ने प्रश्न गर्दै यसको जवाफ सरकारले दिनुपर्ने बताए । जनमुखी काम गरे सरकारलाई सधैं साथ र सहयोग गर्न तयार रहेको समेत उनको भनाइ छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend