आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

संविधानभन्दा पहिले राजनीतिक दल र नेताहरुको चरित्र संशोधन गरौं : अध्यक्ष बाँस्कोटा

संविधानभन्दा पहिले राजनीतिक दल र नेताहरुको चरित्र संशोधन गरौं : अध्यक्ष बाँस्कोटा

काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले संविधान संशोधन गर्नुभन्दा पहिले राजनीतिक दल र नेताहरुको चरित्र संशोधन गर्नुपर्ने बताएकी छन् ।

आईतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले ठूला राजनीतिक दलहरुमा नेतृत्वले कति वर्ष काम गर्न पाउने भन्ने योजना नै नभएको बताइन् । उनले ठूला राजनीतिक दलहरुमै सबैभन्दा ठूला भ्रष्टाचारका काण्डहरु रहेको समेत आरोप लगाइन् ।

उनले अहिलेसम्म मुलुकमा सुशासन कायम गर्नको लागि के गरिएको छ ? भन्दै प्रश्न समेत गरिन् । उनले दलको नेतृत्वमा बस्नेहरुले सयौं वर्षसम्म हालिमुहाली गर्ने गरेको उल्लेख गर्दै यस्तो चरित्रमा संशोधन गर्न जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘भइरहेका दलमा सबैभन्दा ठूला भ्रष्टाचारका फाइलहरु छन् । सबैभन्दा बेथिति तिनै दलहरुमा छन् । हरेक पदका लागि राजनीतिक भागबण्डा भइरहेको छ । अनि हामी कुरा गर्छौं राजनीतिक क्यारेक्टरको । त्यस्तो राजनीतिक क्यारेक्टर हामीसँग छैन । हामीले साधारण राजनीतिक आचरण निर्माण गर्न खोज्दैछौं ।

जसको कारण हामीले बनाएको नीतिबारेमा हामीले जनतासँग जानकारी दिनको लागि जनतामाझ जान सकौं । भ्रष्टाचारका फाइलहरु खोल्नु नपरोस् । हामी सशासनका बारेमा कुरा र बहस गर्छौं । साँच्चिकै सुशासन ल्याउनको लागि हामीले के प्रयास गर्यौँ ? हामी अहिले संविधान संशोधन गर्नुपर्यो भनेर भन्दैछौं । संविधानभन्दा पहिले नेताको चरित्र संशोधन गर्नुपर्यो ।

राजनीतिक दल र नेताहरुको चरित्र संशोधन गर्नुपर्यो । तपाईको दलमा एकचोटि आएपछि एक्जिट हुने प्लान नै छैन । तपाई सयौं वर्षसम्म पनि त्यही बसेर सत्ताको हालिमुहाली गर्नुहुन्छ । त्यस्तो चरित्र संशोधन गरौं न । संविधानमा संशोधन त त्यही लेखिएको छ त्यहीँ गएर गर्दा भइहाल्यो नि ।’

साधारण र जनताको समस्या हल गर्ने किसिमको राजनीतिक चरित्र निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend