२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

देशलाई एक पटक ठूलो आन्दोलनको आवश्यकता परेको छ : अध्यक्ष प्रचण्ड

आइतवार , माघ २७, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक पटक ठूलो आन्दोलनको आवश्यकता देशलाई परेको जिकिर गरका छन् । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

वर्तमान सरकार संविधानसम्मत नरहेको बताएका छन् । उनले अहिलेको नेतृत्वपंक्तिले संविधान मिच्ने काम गरिरहेको बताए । अहिलेको सरकार संविधान मिचेर बनेको आरोप लगाए ।

उनले प्रदेशलाई अधिकार दिन र स्थानीय तहलाई बलियो बनाउन कसैले नमानेको बताए । अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन जरुरी रहेको बताए ।

उनले शान्ति सम्झौताका पक्षधर दलहरुले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर देशमा स्थायी शान्ति दिनुपर्ने बताए । उनले देशमा स्थायी शान्तिको स्थापना गर्न प्रमुख दलहरु मिलेर जानुको विकल्प नरहेको जिकिर गरे ।

ठूलो कामका लागि ठूला दल मिलेको हो भन्ने भ्रम दिने उद्देश्यले संविधान संशोधनको कुरा उठाएको उनले बताए । उनले संविधान संशोधनको सैद्धान्तिक जामा पहिर्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद र सरकार खोजेको आरोप लगाए ।

उनले भने, ‘मैले कहिले कहीँ के सोच्ने गरेको छु भने नेपालमा एउटा ठूलो आन्दोलन फेरि आवश्यक भएको हो की क्या हो भन्ने मलाई पनि लाग्न थाल्यो भनेपछि । किनभने कसैले नि नमान्ने । प्रदेशलाई अधिकार दिन पनि नमान्ने । स्थानीय तहलाई बलियो बनाउन पनि नमान्ने ।

भनेपछि त के देशले फेरि एक पटक अर्को आन्दोलन खोजेको हो त ? जनतामा असन्तुष्टि बढेको बढ्यै छ । निराशा बढेको बढ्यै छ । एउटा अर्को विद्रोह आवश्यक भएको हो त ? भन्ने प्रश्न चाहीँ अब बिस्तारै मानिसहरुको मनमा आउँदैछ ।

हामी कसैले पनि के नसोचौँ भने, म त्यो विद्रोह गर्ने निस्कर्षमा पुगेँ भनेको अर्थ पनि नलागोस् । तर जनतामा देखिएको निराशा, असन्तुष्टि, युवाहरुमा देखिएको फ्रस्टेशन, नेतृत्वपंक्तिले यो सबै कुरालाई आत्मसाथ गर्नुभन्दा संविधान पनि मिच्ने । किनभने यो सरकार बनेको पनि मलाई संविधानसम्मत लागेकै छैन । मलाई संविधानसम्मत बिल्कुलै लागेको छैन । यो संविधान मिचेर बनेको सरकार हो ।’

अध्यक्ष दाहालले राष्ट्रपतिलाई जबरजस्ती दबाब दिएर अहिलेको सरकार बनेको आरोप लगाए । उनले अहिलेको सरकार संविधानसम्मत र लोकतान्त्रिक नरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट