बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

भ्रम फैलाएर जनतामा निराशाको खेती नगर्न प्रचण्डलाई एमालेको आग्रह

भ्रम फैलाएर जनतामा निराशाको खेती नगर्न प्रचण्डलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) का सांसद पदम गिरीले सरकारले ल्याएको अध्यादेशबाट आम नागरिक खुशी भएको भन्दै प्रतिपक्षी दलहरु दुःखी हुनुपर्ने कारण नरहेको बताएका छन् ।

आईतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले अध्यादेशबारे प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले संसदको रोष्टमबाट भ्रमको तुवाँलो छर्ने काम गरेको बताएका हुन् ।

जनतालाई भ्रम फैलाएर निराशाका खेती नगर्न उनले आग्रह गरे । उनले नागरिक, व्यवसायी सबैले अध्यादेशको समर्थन गरेको भन्दै उनले अध्यादेशको विरोध गरेर कसको सेवा गर्न खोजेको ? भन्दै प्रश्नसमेत गरे ।

अध्यादेशबाट डुब्न लागेका उद्योगहरु माथि उठ्ने विश्वास व्यापारीहरुले गरेको समेत उनको भनाइ छ ।

उनले भने, ‘अहिले सरकारले ल्याएको अध्यादेश वदनियतले ल्यायो, स्वार्थ समूहको हितमा ल्यायो, नेपाली जनताको हितमा छैन भनेर उहाँले भनिरहनुभएको छ । यो भन्दा विडम्बना अरु के हुन्छ । अध्यादेश जारी भइसकेपछि व्यापारी तथा उद्योगीहरुले खुला रुपले स्वागत गर्नु भएको छ ।

हामी पछिल्लो पाँच वर्षमा डुब्ने र मर्ने स्थितिमा पुगेका थियौं । यो सरकारले हाम्रा समस्याहरु बुझ्न थाल्यो, आशा जगाउने स्थिति बन्यो भनेर उहाँहरुले धन्यावाद दिइरहनुभएको छ । आइटी क्षेत्रमा लागेका युवाहरु अब नेपालमा मात्र होइन विदेशमा समेत शाखा विस्तार गरेर व्यापारमार्फत मनग्य आम्दानी गर्न सकिने भयो भनेर खुसि व्यक्त गरिरहेका छन् ।

आज मजदुर, उद्योगी व्यवसायी र किसान खुशी छन् । तपाईले कसलाई स्वार्थ समूह भन्न खोज्नुभएको हो ? म प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रश्न गर्न चाहान्छु । जनता र आम उद्योगी खुशी छन् भने प्रतिपक्षी दुःखी हुनुपर्ने कारण के हो ? यो प्रश्न समेत राख्न चाहन्छु सभामुख महोदय ।’

उनले देशको प्रधानमन्त्रीमाथि विना तथ्य बजारमा उठेका र नियोजित विषयलाई उठाएर बद्नाम गरिएको भन्दै त्यसमा नलाग्न आग्रह गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend