२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ७० हजार नजिक

सोमवार , माघ २८, २०८१

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

भन्सार दर घटेपछि प्रतितोला १ लाख ५० हजारको हाराहारीमा पुगेको सुनको मूल्य दैनिक बढ्दा १ लाख ७० हजार नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो ।

महासंघका अनुसार सोमबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको हो । आइतबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आइतबार १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर १ हजार ९७५ रुपैयाँ कायममा कारोबार भैरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट