बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

मेडिकल व्यवसायीको साढे २ अर्ब लगानीमा घोराहीमा सञ्जिवनी टिचिङ हस्पिटल बन्दै, डेढ वर्षमा सञ्चालन हुने

मेडिकल व्यवसायीको साढे २ अर्ब लगानीमा घोराहीमा सञ्जिवनी टिचिङ हस्पिटल बन्दै, डेढ वर्षमा सञ्चालन हुने

काठमाडौं । पछिल्ला वर्ष नेपालमा निजी लगानीमा मल्टिस्पेसियालिटी एडभान्स अस्पताल खुल्ने क्रम बढेको छ । हस्पिटल खोल्न निजी क्षेत्रबाट अर्बौं रुपैयाँ लगानी भएको छ ।

तीन मेडिकल कलेजका संस्थाकको लगानीमा दाङको घोराहीमा ५ सय बेड भएको सञ्जिवनी इन्टिच्युट अफ एडभान्स स्टडिज एन्ड टिचिङ हस्पिटलको पूर्वाधार निर्माण सुरु भएको हो ।

सञ्जिविनी इन्टिच्युट अफ एडभान्स स्टडिजमा युनिभर्सल इन्टिच्युट अफ एडभान्स स्टडिज एन्ड रिसर्च, गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल र नेपालगञ्ज मेडिकल कलेजलगायतका संस्थापकको लगानीमा खुल्न लागेको हो ।

पहिलो चरणमा ३ सय बेड सञ्चालनमा ल्याउने तयारी भएको छ । बाँकी २ सय बेड पछि विस्तार गर्ने योजना सञ्जिवनीको छ ।

हस्पिटल पूर्वाधार तयार पार्न २ अर्ब ४२ करोड २० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पहिला २ अर्ब २३ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । परियोजना स्पेसिफिकेसन परिवर्तन भएपछि लागत बढेको सञ्जिनी इन्टिच्युटले जनाएको छ ।

लागत बढेपछि अझै १३ करोड २० लाख करोड रुपैयाँ ऋण लगानी जुटाउन बाँकी रहेको छ । सञ्जिविनीको ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत संस्थापकको स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ ।

अहिलेसम्म कूल स्वपुँजी (इक्विटी) को ६० प्रतिशत लगानी भएको छ । सञ्जिवनीको ४७ प्रतिशत वित्तीय प्रगति भएको छ । सो रकम जग्गा प्राप्ति र सिभिल संरचना निर्माणमा खर्च भएको छ ।

संरचना निर्माणसँगै आयोजना विकास मध्यम चरणमा छ । टिचिङ हस्पिटल आगामी सन् २०२६ मध्यदेखि सञ्चालनमा ल्याउने योजना रहेको छ । यद्यपि, निर्धारित समय र लागतमा हस्पिटल परियोजना सम्पन्न गर्न चुनौती देखिएको छ । समय बढ्यो भने परियोजनाको लागत पनि थपिनेछ । दाङको घोराहीमा हस्पिटलका लागि राम्रो क्षेत्र हो ।

सञ्जिविनी इन्टिच्युट अफ एडभान्स स्टडिज एन्ड टिचिङ हस्पिटल सन् २०११ मा स्थापना भएको हो । टिचिङ हस्पिटलमा नर्सिङ र पारामेडिकल कोर्स पनि सञ्चालनमा ल्याउने तयारी सञ्जिवनीको छ ।

चिकित्सा क्षेत्रका अनुभवी व्यक्तिहरू, प्रमुख संस्थापक अन्य अपरेशनल मेडिकलमा आबद्ध छन् । सञ्विनीले १ अर्ब ६९ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । ऋणको ए फोर रेटिङ स्कोर पाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend