बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

विशाल ग्रुपको यति ब्रुअरीले गर्यो २ अर्ब ६५ करोड बियर व्यापार

विशाल ग्रुपको यति ब्रुअरीले गर्यो २ अर्ब ६५ करोड बियर व्यापार

काठमाडौं । व्यवसायिक घरना विशाल ग्रुप र एभरेष्ट ग्रुपको संयुक्त लगानीमा सञ्चालित यती ब्रुअरी लिमिटेडको बियर व्यापार बढ्दै गएको छ । एक वर्षमा उद्योगले २ अर्ब ६५ करोड रुपैयाँको बियर व्यापार गरेको छ । अघिल्लो वर्ष यतीले २ अर्ब ५६ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

२०२३ मा ३ अर्ब ४६ करोड ७० लाख रुपैयाँको बियर व्यापार गरेको यतिले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । यो वर्षको ६ महिनामा यतिको बियर व्यापार १ अर्ब ३१ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

यतिको आम्दानी बढे पनि मार्जिन भने घट्दै गएको छ । तीन वर्षअघि १२.९३ प्रतिशत मार्जिन रहेको यतिको गत वर्ष आधा घटेर ६.८४ प्रतिशतमा सिमित भएको छ । बियर बनाउने कच्चा वस्तुको भाउ बढेपछि आम्दानी खुम्चिदा मार्जिनमा असर परेको हो । कूल आम्दानीको ३९ प्रतिशत खर्च कच्चा वस्तु खरिदमा हुने गरेको छ ।

यतीले अर्ना, यती, शिखर, वाइबी, किङफिसर एन्ड सेभन सिन्सलगायत ६ ब्राण्डमा बियर उत्पादन गर्दै आएको छ । यतीले छ वटा ब्रान्डहरूको देशैभरका प्रमुख ६ क्षेत्रलाई समेटेको छ । यतीले जापान, भारत र अष्ट्रेलिया बियर निर्यात गरिरहेको छ । यतिका बियर नेपालमा रुचाइएका ब्राण्ड हुन् ।

उद्योगले भारतको युनाइटेड ब्रुअरी लिमिटेडबाट ट्रेडमार्क प्राप्त गरेको छ । किङफिसर बियरका लागि यतीले युनाइटेबाट ट्रेडमार्क प्राप्त गरेको हो । यो ब्राण्डको बियर विभिन्न ६० मुलकमा उपलब्ध छ । यतीले सन २०१८ देखि नेपालमा किङफिसर ब्राण्ड बियर उत्पादन थालेको हो । प्रमुख तीन बियर कम्पनीमा यति, अर्ना र किङफिसरको बजार पोजिसन राम्रो रहेको छ ।

यतिले बियर उत्पादन क्षमता बढाएर वार्षिक ४ करोड ३० लाख लिटर पुर्याएको छ । बियर उत्पादन क्षमता विस्तारपछि यतीको ऋण २ अर्ब ८३ करोड रुपैयाँ छ । यतिले ऋणको रेटिङ गराएको छ । आइआरएन ए थ्रि प्लस स्कोर पाएको छ ।

यतीमा सबैभन्दा बढी स्वामित्व एभरेष्ट ग्रुपका सञ्जिव सर्राफको छ । उनको ३३.३, जयजीव सर्राफको ११.६६ प्रतिशत स्वामित्व छ । उद्योगको अध्यक्ष विशाल ग्रुपका विशाल अग्रवाल रहेका छन् । ग्रुप, उत्पादन, व्यापार, बिमा, बैंकिङ र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिती रहेको छ । एभरेष्ट ग्रुप सन् १९४० देखि नेपालमा व्यवसाय सुरु गरेको हो ।

उद्योग सन २०१३ मा चितवनमा स्थापना भएको हो । यतीले बियर उत्पादन सन् २०१७ देखि सुरु गरेको हो । यतीको बियर प्लान्ट चितवनमा छ । प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न यती २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको हो ।

यती ब्रुअरीले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर निष्कासन गर्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले धितोपत्र निष्कासन गर्न एनआइएमबी एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

यो पनि :

आइपिओ निष्कासन तयारीमा रहेको यती ब्रुअरीले ६ महिनामा गर्‍यो १ अर्ब १० करोड बियर व्यापार

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend