२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

लगातार बढेको सुनको मूल्यमा लाग्यो 'ब्रेक', तोलामा २७ सय घट्यो

बुधवार , माघ ३०, २०८१

काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ । पछिल्लो समय लगातार उकालो यात्रामा लागेको सुनको मूल्यमा आज ब्रेक लागेको हो ।

आज सुन तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य घटेर आज कारोबार भैरहेको हो ।

मूल्य घटेसँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निम्त्याएको ‘ट्रेडवार’का कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको बढ्यै छ ।

यसैबीच मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट