२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

ट्रम्प र पुटिन टेलिफोन वार्ता, रुस-युक्रेन युद्ध सकिन लागेको हो ?

बिहिवार , फाल्गुण १, २०८१

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार टेलिफोन वार्ता भएको छ । ट्रम्पले लामो र निकै फलदायी टेलिफोन वार्ता भएको बताएका छन्।

त्यसमा दुवै नेताहरू युक्रेनमा युद्ध अन्त्यका लागि वार्ता सुरु गर्न सहमत भएको उनको भनाइ छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रूथ सोशल'मा एउटा पोस्ट गर्दै आफू र रुसी राष्ट्रपति 'आआफ्ना सम्बन्धित टोलीबीच तत्कालै वार्ता सुरु गर्न सहमत भएको' जनाएका छन्।

उनले आफूहरूले एकअर्कालाई आफ्ना देशको राजधानी भ्रमण गर्न निम्तो पनि दिएको जनाएका छन्।

दुई नेताहरूको टेलिफोन वार्ता र ट्रम्पको भनाइ आएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूले ट्रम्पसँग 'दीर्घकालीन र भरपर्दो शान्ति'बारे कुराकानी गरेको बताएका छन्।

ट्रम्प र उनका रक्षामन्त्रीले 'नेटो'मा युक्रेन सहभागी हुने सम्भावना कम भएको बताउँदै आएका बेला युद्धरत दुवै पक्षसँग ट्रम्पको कुराकानी भएको हो।

नेटोमा युक्रेनको सहभागिताको सन्दर्भमा ट्रम्पको नीतिका कारण किएभ निराश बनाउन सक्छ।

जेलेन्स्की अमेरिकी नेताहरू भेट्दै

जेलेन्स्कीले शुक्रबार जर्मनीको म्युनिखमा हुने युक्रेनबारेको रक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति डेजी भान्स र विदेशमन्त्री मार्को रुबिओसँग भेटघाट हुने बताए।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, 'यो बेकारको युद्ध रोक्ने समय हो, त्यहाँ ठूलो र पूर्णतः अनावश्यक मृत्यु र विनाश भएको छ। ईश्वरले रुस र युक्रेनका जनतालाई आशीर्वाद दिऊन्!'

उनले पुटिनसँग प्रत्यक्ष रूपमा हुने भेटघाटको मिति खुलाएनन्। पछि ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा उनले भने, 'हामी साउदी अरबमा भेट्ने छौँ।'

क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनले सँगै काम गर्ने समय आएको ट्रम्पको विचारलाई समर्थन गरेको बताएका छन्।

ट्रम्पले के भने

पेस्कोभका अनुसार ट्रम्पको अनुसार पुटिनसँग उनको डेढ घण्टा टेलिफोनवार्ता भयो। त्यस क्रममा रुसी राष्ट्रपतिले ट्रम्पलाई मस्को भ्रमणको निमन्त्रणा दिएको पेस्कोभको भनाइ छ।

ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग युक्रेन सन् २०१४ अघिजस्तै आफ्नो सीमामा फर्कने सम्भावना नभएको बताए।

ट्रम्पले आफू आफ्ना रक्षामन्त्री पिट हेग्सेथसँग सहमत रहेको बताए।

उनले बुधबार नेटो शिखर सम्मेलनमा उक्त सैन्य गठबन्धनमा युक्रेन सामेल हुने कुनै सम्भावना नरहेको बताएका थिए।

ट्रम्पले भने, 'मलाई लाग्छ त्यो सत्य हो।'

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट