
काठमाडौँ । स्थानीय बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार ३ सय रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला सुन एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य तोलामा २७ सय घटेको थियो भने आज बढेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निम्त्याएको ‘ट्रेडवार’का कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको बढ्यै छ ।
यसैगरी, चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend