२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

तोलामा २३ सय बढ्यो सुन, चाँदी पनि बढ्यो

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौँ । स्थानीय बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार ३ सय रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला सुन एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलामा २७ सय घटेको थियो भने आज बढेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निम्त्याएको ‘ट्रेडवार’का कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको बढ्यै छ ।

यसैगरी, चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट