logo

२०८१ माघ १७ बिहिबार

logo
  • बिहिबार, १७ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    महाविद्वानलाई कृषि मन्त्री बनाएको हविगत देख्नु भो नि हैन : प्रधानमन्त्री ओली (भिडियोसहित)

    महाविद्वानलाई कृषि मन्त्री बनाएको हविगत देख्नु भो नि हैन : प्रधानमन्त्री ओली (भिडियोसहित)

    2.7K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालप्रति कडा कटाक्ष गरेका छन् । नेकपा विभाजन अघि कृषि मन्त्रलाय सम्हालेका नेता भुसालले मन्त्रालय चलाउन नसकेको हविगत देखिएको बताएका हुन् ।

    उनले भने–’एक जना मन्त्रीका अति गफ भए, महाविद्वान । लौ न त विद्वान कृषि मन्त्री चलाएर हेर भनेर देको विद्वानका हविगत त्यहीँ देखियो । मन्त्रालय चलाउन भनेको कुरा गर्न जस्तो हुँदैन रहेछ साथी हो भनेर स्टाटस लेखे ।’ यही निहु पारेर नेता भुसाल भागेको ओलीको आरोप छ । 

    प्रोग्रसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपाल केन्द्रीय कमिटीद्वारा आयोजित बृहत इञ्जिनीयरिङ भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी महाधिवेशनसम्म धैर्य गर्न नसकेर सरकारमा रहेकै साथीहरुले संसद्लाई अस्थिरताको थलो बनाएकाले संसद् विघटन गर्नुपरेको बताए ।

    आफू सधैँ कानूनी पक्षमा रहेको प्रष्ट पादै प्रम ओलीले संसद् विघटनका सम्बन्धमा न्यायाधिशले गरेको फैसला नै मान्य हुने बताउँदै विदेशीको इशारामा देशलाई चल्न नदिनका लागि आफूले सधैँ खबरदारी गर्ने प्रतिबद्धता जनाए । 

    केही दिन अघि नेता घनश्याम भुसालले ‘निरङ्कुशताको प्रेत’का रुपमा प्रधानमन्त्री केपी शर्मा ओली खडा भएकोे र ओलीको पतन हुनेमा अब कुनै शंका नभएको बताएका थिए ।

    ओलीको कडा भाषण : प्रचण्ड र सभामुखप्रति आक्रामक, घनश्याम भुसालप्रति व्यङ्ग्य


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend