मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि कोसेढुंगा : प्रचण्ड

त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि कोसेढुंगा : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बगलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुंगा भएको बताइका छन् ।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पदाधिकारीहरुसँग आज भएको भेटमा उनले यस्तो धारणा राखेका हुन् । उनले प्रधानमन्त्रीका रुपमा आफूले भारत भ्रमण गर्दा भारतीय कमकक्षीसँग त्रिदेशीय विद्युत् व्यापारको सहमति गरेको बताए । “भारत र बगंलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत् व्यापार सम्झौता गरेको थिएँ, यो देशको समृद्धिका लागि कोसेढुंगा नै हो”, उनले भने–, “हामीले जलविद्युत् उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेशलगायतलाई देशलाई बिक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौँ ।”

भारत हुँदै बंगलादेशमा विद्युत् निर्यात गर्ने र भारतलाई दश वर्षमा १० हजार मेगावट विद्युत् बिक्री गर्ने सम्झौता तथा चीनमा विद्युत् निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उनले यसका लागि विद्युत् उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend