२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

घरजग्गा कारोबार फेरी भयो सुस्त, माघमा तीन अर्ब ८७ करोड राजस्व संकलन

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । मुलुकभर घरजग्गा कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ ।

घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत पुसमा चार अर्ब २५ करोड २२ लाख २१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार गत मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ राजस्व प्राप्त भएको थियो ।

चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलना चालु आवको सात महिनामा राजस्व सङ्कलनमा झण्डै १४ प्रतिशत वृद्धि भएको छ । चालु आवको माघ मसान्तसम्म कुल २४ अर्ब ७१ करोड पंयाँ बराबर राजस्व सङ्कलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

गत आवको सोही अवधिमा २१ अर्ब ६५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । गत माघमा कुल ४६ हजार ५० हजार ६९ लिखत पारित भएको थियो भने गत पुसमा त्यो सङ्ख्या ४८ हजार एक सय ५६ थियो ।

काठमाडौँ उपत्यकाभित्रका विभिन्न नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले ३३ करोड ७४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको विवरणमा देखिन्छ ।

यस्तै, डिल्लीबजार मालपोत कार्यालयले २६ करोड ९२ लाख, कलङ्की मालपोतबाट २६ करोड एक लाख, मालपोत कार्यालय चाबहिलले २० करोड ८० लाख तथा भक्तपुर मालपोत कार्यालयले २४ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले जुन हिसावले कारोबारमा वृद्धि हुनुपर्ने हो त्यो हिसावले नभएको बताए । कारोबार माथि उठ्न नसक्दा घरजग्गा व्यवसायीहरुको आर्थिक अवस्था पनि नाजुक भएको र अन्य व्यक्तिगत वा घरजग्गा नै धितो राखेर भएपनि बैंकको सावा,ब्याज तिर्नुपर्ने अवस्था आएको गुनासो गरेका छन् ।

अध्यक्ष घिमिरे नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारलाई सहज र व्यवस्थित बनाउनको लागि सहज खालको नीति नियम ल्याएर मात्रै घरजग्गा कारोबार चलायमान हुनसक्ने बताउँछन् ।

आम्दानी स्रोत सुनिश्चिताको राष्ट्र बैंकले ल्याएको नीतिलाई खुकुलो बनाउनुपर्ने र निश्चित रकमसम्मको घर वा जग्गा खरिद गर्दा आम्दानीको स्रोत देखाउन नपर्ने व्यवस्था गर्न आवश्यक भएको उनका भनाई छ ।

सम्बन्धित समाचार

‘कर्जाको माग बढाउन घरजग्गा क्षेत्रलाई चलायमान बनाउनुपर्छ’

‘सहकारीमा आएको संकटले घरजग्गा व्यवसाय समस्यामा पर्यो’ (अन्तर्वार्ता)

‘तेस्रो खम्बाको रुपमा काम नगर्दा सहकारीले अर्थतन्त्रको आधार बिगार्यो’ (अन्तर्वार्ता)

‘अधिक मौद्रिकीकरणले ‘करेक्सन’ को बाटोमा घरजग्गा कारोबार’ (अन्तर्वार्ता)

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट