२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

साढे ७६ करोड लगानीमा झापामा खुल्यो सारिया ग्रुपको ग्रिन ब्रिक्स, यही महिना उत्पादन थाल्ने

आइतवार , फाल्गुण ४, २०८१

काठमाडौं । सारिया ग्रुपको लगानी रहेको सारिया ग्रिन ब्रिक्स इन्डस्ट्रिज सञ्चालनमा आएको छ । उद्योगले परीक्षण इँटा उत्पादन गरिसकेको छ । यही महिनाभित्र पूर्ण क्षमतामा इँटा उत्पादन थाल्ने उद्योगले जनाएको छ ।

गत वर्ष नै परीक्षण उत्पादन थालेको उद्योगले गएको पुसदेखि बन्द गरेको थियो । यही महिनाभित्र इँटा उत्पादन थाल्ने उद्योगले जनाएको छ , उद्योगका लागि जग्गा खरिद र पूर्वाधार बनाउन ७६ करोड ६१ लाख रुपैयाँ लगानी भएको छ ।

जग्गा प्राप्तिका कारण उद्योगको लागत ६ प्रतिशत बढेको सायिया ग्रिन ब्रिक्सले जनाएको छ । उद्योगमा ६८ प्रतिशत बैंकको ऋण र ३२ प्रतिशत स्वपुँजी (इक्विटी) लगानी रहेको छ ।

सारिया ग्रिन सुरुङमा आधारित इँटा कारखाना हो । चिनियाँ अत्याधुनिक प्रविधिबाट इँटा उत्पादन हुने उद्योगले जनाएको छ । स्थापित इँटा प्लान्ट आधुनिक प्रविधिले सुसज्जित छ। स्वचालित मेसिनरी र टनेल भट्टामा आधारित छ ।

सारिया परिवारका सदस्यसहित २४ जनाको लगानीमा इँटा उद्योग सञ्चालनमा आउन लागेको हो । इँटा उद्योगका लागि समूहले ६९ करोड ५५ लाख रुपैयाँ ऋण लिएको छ । उद्योगको मुख्य लगानीकर्ता सारिया समूह हो। सारिया ग्रुप मुलुकको पुरानो व्यापारिक घराना हो ।

उद्योग झापा मेचीनगरमा छ । वार्षिक १६ करोड गोटा इँटा उत्पादन गर्ने क्षमता उद्योग छ । उद्योग सन् २०१९ मा स्थापना भएको थियो । समूहका अध्यक्ष कैलाशचन्द्र सारिया छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट