२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

बिमा प्राधिकरणको अध्यक्षका लागि पाँच जना छनौट, कस्ले मार्ला बाजी ?

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि पाँच जना संक्षिप्त सूचीमा परेका छन् । संक्षिप्त सूचीमा परेका पाँच जनालाई अर्थ मन्त्रालयले व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि यही फागुन १० गते दिउँसो२ बजे बोलाएको छ ।

प्रस्तुतीकण र अन्तर्वार्ताबाट तीन जना छनौट हुने छन् । तीन जना मध्यबाट मन्त्रिपरिषदले एक जनाको छनौट गर्नेछ । छनौटमा पर्नेमा कमलप्रसाद रेग्मी, चिरञ्जिवि चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र सरद ओझा संक्षिप्त सूचीमा परेका छन् ।

यसअघि १२ जनाले प्राधिकरणका अध्यक्षका लागि आवेदन दिएका थिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी संयोजक रहेको सिफारिस समितिले पुस २६ गते अध्यक्ष नियुक्तिका लागि आवेदन माग गरेको थियो ।

आवेदन दिनेहरुमा प्राधिकरणका कार्यकारी निर्देशक कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं, कृषि विकास बैंकका अध्यक्ष रामप्रसाद पुडासैनी, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक डिमप्रकाश पौडेल रहेका थिए । पुडासैनी पूर्वसचिव पनि हुन् ।

त्यस्तै, स्वास्थ्य बिमा बोर्डका पूर्वकार्यकारी निर्देशक दामोदर बसौला, नागरिक लगानी कोषका पूर्वकार्यकारी निर्देशक तथा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, बुद्धकाजी श्रेष्ठ, विनोदकाजी श्रेष्ठ, विष्णुबाबु मिश्र र विक्रान्त पाण्डेले आवेदन दिएका थिए ।

पाण्डे नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका डेपुटी सिइओ हुन् । बसौला ओली प्रधानमन्त्री रहेका बेला २०७७ मंसिर तेस्रो साता स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

यसअघि अध्यक्ष सूर्यप्रसाद सिलवाल नागरिकता किर्ते गरेको भन्दै मुद्दा दायर भएपछि मंसिर अन्तिम साता निलम्बनमा परेका थिए । त्यसपछि अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका सहसचिव मदन दाहाललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएका छन् ।

यो पनि : 

बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, देवकोटाको संयोजकत्वमा सफिरिस समिति

नियामक निकाय कब्जा गर्दै बिचौलिया, अब बिमा प्राधिकरण र राष्ट्र बैंक !

बिमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन, को बन्ला अध्यक्ष ?

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट