काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । सोमबार सुनको मूल्य प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७ सय बढ्दै प्रतितोला एक लाख ६९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।
सोमबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
प्रतिक्रिया दिनुहोस