२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

जलविद्युत कम्पनीको आइपिओ निष्काशन रोक्नु दु:खद : कुलमान घिसिङ

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत आयोजनाको आइपिओ रोकिनु दुःखद भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको 'जलविद्युत आयोजना: लगानी, सेयर व्यवस्थापन र चुनौती' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै घिसिङले सर्वसाधरणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास संम्भव भएको बताएका छन् ।

हाल नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रका १२ हजार मेगावाटका आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पिपिए) गरेको घिसिङले बताए । उनले नेपालको विद्युत उत्पादन क्षमता ३५ सय मेगावाट पुगेपनि मौसम परिवर्तनले पानीको बहाब घट्दा हिउँदमा ११ सय मेगावाट हाराहारी मात्रै उत्पादन भइरहेको बताए ।

२८ हजार ५०० मेगावाट विद्युत पुर्‍याउनको लागि विद्युत प्राधिकरण त्यो भन्दा २० प्रतिशत थप पिपिए खोल्ने पक्षमा रहेको घिसिङले बताए।

हाल पिपिए भएका सबै परियोजना विविध कारणले निर्माणको चरणमा जान नसकेकाले पनि प्राधिकरणले थप पीपीए नखोलिएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट