बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

लक्ष्मी समूहको सुजल डेरीको बिजनेसमा उछाल, २ अर्ब ३३ करोड कारोबार

लक्ष्मी समूहको सुजल डेरीको बिजनेसमा उछाल, २ अर्ब ३३ करोड कारोबार

काठमाडौं । व्यवसायिक घरना लक्ष्मी समूहअन्र्तगतको सुजल डेरीको व्यापार झण्डै २५ प्रतिशत बढेको छ । गत वर्ष सुजलले २ अर्ब ३३ करोड १० लाख रुपैयाँको डेरी बिजनेस गरेको छ । २०२३ मा सुजलले १ अर्ब ८६ करोड ९० लाख रुपैयाँको डेरी बिजनेस गरेको थियो ।

एक वर्षमा सुजलको डेरी व्यापार ४६ करोड रुपैयाँ बढेको उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । यसबीचमा उद्योगको इबिटा मार्जिन पनि बढेर ५.६ प्रतिशत पुगेको छ । यसअघि ४.२ प्रतिशत मात्र थियो ।

२०२२ मा सुजलले १ अर्ब ७१ करोड, २०२१ मा १ अर्ब २१ करोड र २०२० मा १ अर्ब १९ करोड ५० लाख रुपैयाँको डेरीजन्य वस्तुको व्यापार गरेको थियो । पछिल्लो पाँच वर्षको वित्तीय विवरण हेर्दा सुजलको डेरी बिजनेस निरन्तर बढ्दै गएको देखिएको छ ।

सन् २००५ मा स्थापना भएको सुजल डेरीले स्ट्यान्डर्ड मिल्क, होल मिल्क, दही, आइसक्रिम, मिल्क पाउडर, बटर घि र पनिर सफल र लभ वर्ड ब्राण्डमा उत्पादन गर्दै आएको छ ।उद्योगले ९० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । उद्योगले ए फोरसम्म रेटिङ स्कोर पाएको छ । नेपालमा डेरी उद्योग धेरै भएकाले बजारमा कडा प्रतिस्पर्धा रहेको छ ।

नेपालमा निजीकरण अभियानको एक भागको रूपमा राज्य स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) बाट पोखरामा रहेको दुग्ध प्रशोधन एकाइ (पोखरा दूध आपूर्ति योजना दिने उद्देश्यले सुजल डेरीलाई समावेश गरिएको थियो । निजीकरण पछिको सञ्चालनको स्थापित ट्र्याक रेकर्ड र नेपाली व्यापार क्षेत्रहरूमा प्रवद्र्धकहरूको लामो अनुभव क्रेडिट सकारात्मक रहेको छ ।

सुजल डेरीले संगठित क्षेत्रमा ठूलो संख्यामा असंगठित खेलाडीहरू साथै राज्य स्वामित्वको संस्थानबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । सुजल डेरीले त्यस्तो सेटअपमा प्रतिस्पर्धा गर्नुपर्छ, जहाँ बिक्री मूल्य राज्य स्वामित्वको संस्थानद्वारा निर्धारित गरिन्छ र खरिद मूल्य सरकारले निर्धारण गर्दछ । यसले गर्दा उद्योगको नाफामा असर गर्छ ।

लक्ष्मी ग्रुपअन्र्तगतको सुजलमा गणेशबहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ, अन्जन श्रेष्ठ, निराजन श्रेष्ठ र निराकर श्रेष्ठको जनही १८ प्रतिशत स्वामित्व रहेको छ । सुजल डेरीमा ग्रुपको सुजल फुडको १० प्रतिशत सेयर छ । लक्ष्मीको डेरीको अतिरित्त अटोमोबाइल, खाद्यन्न र स्टिलमा ठूलो लगानी रहेको छ ।

ग्रुप नेपालमा कोरियाको हुन्डाइ गाडीको अधिकृत बिक्रेता हो । यस्तै सिद्धिलक्ष्मी स्टिल र सुजल फुड सञ्चालनमा रहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend