२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

‘नबिल एसएसई’ कार्यक्रम : उद्यम र रोजगारी प्रवर्द्धनमा उद्यमीहरुको जोड

बिहिवार , फाल्गुण ८, २०८१

विराटनगर । कोशी प्रदेशमा उद्यमशिलताको प्रवर्द्धनका लागि मोरङ क्याम्पस र नविल बैंकको सहकार्यमा सञ्चालित नबिल सामाजिक उद्यमशिलता ‘नबिल एसएसई’ कार्यक्रम अन्तर्गत भएको कार्यशालामा सहभागी विज्ञ तथा उद्यमीहरुले उद्यम र रोजगारी प्रवर्द्धनमा जोड दिएका छन्।

कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटनलाई उद्योगको रुपमा रोजगारी दिने र ठूलो पूँजीको रुपमा लिएको बताए ।

संरचना निर्माण मात्र पर्यटन नभएर विहान उठेदेखि राति सुतुञ्जेलसम्मको क्रियाकलाप जोडिएको छ, कोशीमा संसारको अग्लो चुचुरोदेखि कचनकवल होचो ठाउँसम्म जोडिएकोले कुन ठाउँ कसरी जाने,कताबाट जान्, स्थानीय रैथाने खाना केके हुन् भन्ने एप्स बनाउन सके रोजगारी र उद्यमशिलताको पवर्द्धन हुने दावी गरे ।

नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले केवल नाफाको उद्देश्यले बैंक सञ्चालन गर्नु गलत हुने बताउँदै जनता र आफू बस्ने धर्ती हेरर कारोबार गरेमा दिगोपन हुने बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत नबिलले त्रिविसँग समन्वय गरी सातै प्रदेशमा उद्यमशील तालिम सञ्चालन गरेको बताए । उद्यमशिलताको प्रवर्द्धन गर्न आफूहरु लागि परेको बताए ।

पूर्वाञ्चल विश्वविद्यलयका डीन डा सन्देशदास श्रेष्ठले रोजगारीको अवसरमा वृद्धि एवम् उद्यमशिलता र नवप्रवर्तनका लागि व्यावसायिक संगठन जस्तै उद्योग संगठन मोरङ, मोरङ व्यापार संघसँग समन्वय गरी कार्य गरिरहेको बताए ।

उद्यमलाई जोडेर पाठ्यक्रम निर्माण भई पठनपाठन भइरहेको पनि उनले बताए । उद्योग संगठन मोरङमा पूविका आंगिक १० वटा आंगिक कलेजबाट तीन–तीन वटाको दरले ३० वटा टोलीको छनोट भइ नवप्रवर्तनका लागि कार्य भैरहेको बताए ।

नेपाल घरेलु उद्योग महासंघ मोरङ अध्यक्ष चेतन निरौलाले सीप विकासका तालिम लिएकाहरुमा इच्छा शक्ति भएमा हिरो हुन सक्ने बताए । आफ्नो व्यवसायिक उत्पादनलाई लेभल गर्ने, प्याकिङ गर्ने तथा ब्रान्डिङ गर्न सकिएमा उद्यमशील क्षमतामा विकास हुने बताए । उद्यमशीलतामा इच्छा शक्तिले काम गर्ने उनले बताए ।

मोरङ क्याम्पसका प्रमुख डा रामावतार शरणले उद्यमको प्रवर्द्धनका लागि क्याम्पसले महत्वपूर्ण कार्य गरिरहको बताए ।

कार्यक्रममा नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, पूवि व्यवस्थापन संकायका डीन डा सन्देशदास श्रेष्ठ, नेपाल घरेलु उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला लगायत विज्ञ तथा व्यवसायीहरुको सहभागिता थियो ।

सो अवसरमा सामाजिक विकास मन्त्रालयका गोपाल दाहाल, बागमति ग्रुपका निर्देशक साकेत राठी, विराटनगर महानगरपालिकाका उद्यम विभागका कपिल थापा लगायतले प्यानल छलफलमा भाग लिएका थिए ।

उनीहरुले पढेर मात्र उद्यमशिलताको प्रवर्द्धन नहुने बताए । सरकारको भूमिका, नीति नियम, पेशागत सुरक्षा र कर्जाको सुविधाले पनि काम गर्ने बताए । नविल एसएसईका संयोजक वेद संग्रौलाको समन्वयमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट