२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

‘टिकटक बन्द गर्नेहरु नै आज बोल्न पाउनुपर्छ भनेर उफ्रिरहेका छन्’ : प्रधानमन्त्री ओली

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा लेख्ने राजनीतिक दलहरु नै त्यसको बिरोधमा उत्रिएको टिप्पणी गरेका छन् ।

विरोध गर्ने पार्टीहरुले नै सामाजिक सञ्जाल सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको बताएका हुन् । शुक्रबार ‘राजेशकाजी श्रेष्ठः व्यक्तित्व र योगदान’ नामक पुस्तक विमोचन समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै हिजो टिकटक बन्द गर्नेहरु नै अहिले बोल्न पाउनुपर्छ भनेर उफ्रिने गरेको बताए । उनले अध्यक्ष दाहाललाई त्यतिबेला टिकटक किन बन्द गरेको ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘केही मान्छेले हिजो मसँगै बसेर कानूनको मस्यौदा गरेका हुन् । अहिले सामाजिक सञ्जालको विषयमा जो हल्ला गर्ने, चर्का कुरा गर्ने र विरोध गर्ने संसदमा भएका पार्टीहरु खासगरि माओवादी लगायतका पार्टीहरुले हिजो हामीसँगै बसेर कानूनको मस्यौदा बनाएका हुन् । अनि टिकटकमा प्रतिवन्ध नै लगाएका हुन् । अहिले बहुत हिमायति निस्किएका छन् फेरि । बोल्न त पाउनुपर्छ भनेर उफ्रिएका छन् । टिकटकलाई किन प्रतिवन्ध लगाएको त त्यतिबेला ? जे पनि होइन ठिक कुरा बोल्नुपर्छ ।’

उनले व्यवस्थामा मात्र नभई जनताको अवस्थामा समेत परिवर्तन आएको बताए । उनले ७७ वटै जिल्लाका सदरमुकामहरुमा मोटर बाटो पुर्याएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट