मुगु । मुगुमा क्रियाशिल नागरिक समाज संस्थाहरु (सिएसओ) र समुदायमा आधारित संस्था (सिविओ) का अवुगा तथा प्रतिनीधिहरुलाई तालिम प्रदान गरिएको छ ।
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो । सिएसओ र सिविओमा आबद्ध अगुवा महिला/पुरुषहरुका लागि एक दिने ‘नेतृत्व र लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण’ सम्बन्धी क्षमता विकास तालिम प्रदान गरिएको हो ।
तालिमको सहजिकरण सहजकर्ता पार्वती पाण्डे चालिसेले गरेकी थिइन् । तालिममा रूपान्तरणकारी र नारीवादी नेतृत्व, लैङ्गिक मूलप्रवाहीकरण (लैङ्गिक समानता, शक्ति सम्बन्ध, र सामाजिक समावेशीकरणबारे प्रशिक्षणसँगै छलफल गरिएको संस्थाका परियोजना संयोजक हिक्मतबहादुर नेपालीले बदताए ।
नीति निर्माण तहमा महिलाहरुको अर्थपूर्ण सहभागिता बढाउन, लैङ्गिक समानता, अपांगता तथा सामाजिक समावेशीकरणको मुद्धालाई प्रर्वद्धन गर्न सिएसओ र सिविओमा आबद्ध महिला तथा पुरुष अगुवाहरुको वकालत क्षमता विकासका लागि तालिम सञ्चालन गरिएको हो ।
वाम सुर्खेतका अध्यक्ष देवी पौडेलको अध्यक्षतामा सञ्चालन भएको तालिममा उपाध्यक्ष मञ्जुराना क्षेत्रीले स्वागत मन्तव्य राखेकी थिइन् । संस्थाका कार्यकारी निर्देशक मधुरानी ढकालले वाम संस्थाले स्थापनाकालदेखि हालसम्म गरेका कार्यहरुबारे जानकारी दिएकी थिइन् ।
तालिमका सहभागिहरुले नीति निर्माण तहमा महिलाहरुको अर्थपूर्ण सहभागिता बढाउन, लैङ्गिक समानता, अपांगता तथा सामाजिक समावेशीकरणको मुद्धालाई प्रर्वद्धन गर्न कार्ययोजना निर्माण गरेका छन् ।
२०५४ मा स्थापित वाम सुर्खेतले अक्सफाम नेपालको सहयोगमा कर्णाली प्रदेशमा सन २०२५ जुलाईदेखि ‘महिला सशक्तीकरणका माध्यमबाट नीतिनिर्माण प्रक्रियामा महिलाको पहुँच अभिवृद्धि’ परियोजना कार्यान्वयन गरिरहेको छ ।
परियोजनाले महिलाहरुको नेतृत्व प्रर्वद्धन, लैंगिक समानता, क्षमता विकासमार्फत नीति निर्माण तहमा महिलाहरुको अर्थपूर्ण सहभागिता र पहुँच बृद्धिका लागि कार्य गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस