२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

युरोपेली हेलिकप्टर आयातमा प्रतिवन्ध लगायो भन्ने समाचारप्रति प्राधिकरणको गम्भिर ध्यानाकर्षण

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न अनलाइन संचार माध्यमहरुमा युरोपेली हेलिकप्टर आयातमा प्रतिवन्ध लगायो भनी प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्ति जारी गर्दै नेपाली बजारमा ९० प्रतिशत भन्दा बढी बजार हिस्सा युरोपेली वायुयानहरुको हुनुका साथै जहाज, पार्टपुर्जा तथा तालिमबापत वार्षिक अरबौँ रुपैयाँ युरोपियन कम्पनीहरुसँग कारोवार भईरहेको समेत प्राधिकरणले जनाएको छ ।

‘युरोपेली संघले नेपाली हवाई सेवालाई सन् २०१३ देखि सुरक्षा सूचीमा राखे पश्चात संघका सदस्य वायुसेवा कम्पनीहरुले अहोरात्र खटी नेपाल नागरिक उड्डयन प्राधिकरणको सुरक्षा मानकहरूले निर्दिष्ट गरे अनुसारको कार्य गरी विभिन्न चरणहरु पार गरेतापनि हालसम्म उक्त सूचीबाट हट्न नसकेको हुदाँ नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सदस्य वायुसेवा कम्पनीहरु तथा अन्य सरोकार निकायहरु यस सम्बन्धमा तदारुक्ताका साथ लागि परि नै रहेको व्यहोरा समेत जानकारी गराउदछौँ’ प्राधिकरणले भनेको छ ।

त्यस्तै, फागुन ०९ गते नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा सदस्य वायुसेवा कम्पनीका पदाधिकारीहरुको उपस्थितिमा सुरक्षा सूचीबाट हटाउनका सम्बन्धमा गहन छलफल भएको, तत् पश्चात प्राधिकरणले गरेको कामको उचित मुल्याकंन गर्दै युरोपियन यूनियनको मुख्यालय ब्रसेल्समा बस्ने सुरक्षा समितिको आगामी बैठकले अवश्य पनि सुरक्षा सूचीबाट हटाउँछ भन्ने नेपाल सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा संघले पूर्ण विश्वास लिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विज्ञप्तिमा भनेको छ, ‘अथक प्रयासको बाबजुद पनि युरोपियन यूनियनको सुरक्षा सूचीले निरन्तरता पाएको खण्डमा नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले हालको विद्यमान नियमहरुमा समय साक्षेप परिवर्तन गरी नेपालको भौगोलिक सुहाउँदो आवश्यक वायुयानहरुको उचित पहिचान गरी वायुयान खरिद, मर्मत तथा उड्डयन उत्पादनका लागि वैकल्पिक बजारहरुको हिस्सा विस्तार गरी नेपाली हवाई सेवा उद्योगहरुको दीर्घकालीन स्थिरता र वृद्धिको लागि महत्वपूर्ण भूमिका खेली उड्डयन क्षेत्रलाई जोगाउन नेपाल सरकार गम्भिर भई उचित कदम चाल्न यसै प्रेस विज्ञप्ति मार्फत हार्दिक अपिल गर्नुका साथै संघ सबै पक्षहरु संग मिलेर संचालक, नियमक निकाय र नेपाली जनतालाई फाइदा हुने गरी समाधान खोज्न प्रतिबद्ध रहेको व्यहोरा समेत जानकारी गराईन्छ ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट