सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

पृथ्वीको परिक्रमा गतिलाई सुस्त बनाएको विश्वकै ठूलो थ्रि गर्जेज जलासय परियोजना

पृथ्वीको परिक्रमा गतिलाई सुस्त बनाएको विश्वकै ठूलो थ्रि गर्जेज जलासय परियोजना

एजेन्सी । चीनले विश्वकै ठूलो २२ हजार ५ सय मेगावाट क्षमता भएको ‘थ्रि गर्जेज’ जलासय जलविद्युत आयोजना सन् २००३ मा बनायो । थ्रि गर्जेजलाई विश्वको सबैभन्दा ठूलो जलासययुक्त विद्युत बाँध मानिन्छ ।

चीनले विभिन्न चरणमा यो जलासययुक्त आयोजना सम्पन्न गरेको हो । जब चीनले अत्यधिक बढ्दो जनसंख्याको माग पूरा गर्न बिजुली उत्पादन गर्न हरियालीका साथै प्रभावकारी तरिका खोजिरहेको थियो । त्यसैबेला विश्वभरी प्रविधिको विकास भइरहेको थियो ।

विशाल याङ्जी नदीका कारण चीन केन्द्रमा रहेको हुवेइ प्रान्तका स्थानीयवासिन्दाले बाढीको सामना गरिरहेका थिए । विशेषगरी वर्षायाममा लाखौं बासिन्दालाई प्रभावित पारेको थियो । बाँध बाढी नियन्त्रण, जलविद्युत उत्पादन र जलपरिवहनका लागि हुबेई प्रान्तभित्रका मानिसका जीवनस्तर सुधारका लागि निर्माण गरिएको थियो ।

थ्रि गर्जेज बाँधले पृथ्वीको परिक्रमाको गतिलाई ढिलो बनाएको छ ? बाँध बनाउँदा यसमा अत्याधुनिक प्रविधि जस्तै, अत्याधुनिक हाइड्रो टर्बाइन उच्च दक्षतासाथ डिजाइन गरिएको छ ।

बाँधको पछाडिको वास्तुकला यति राम्रो छ कि यसले ३९ हजार अर्ब किलो पानी (१० हजार अर्ब ग्यालन पानी) समुद्र सतहबाट १ सय ७५ मिटर उचाइमा पुर्याउन सक्छ ।

यति धेरै पानी जम्मा भएका कारण यसले यति ठूलो प्रभाव सिर्जना गर्न पुग्यो कि बाँधका माध्यमबाट पानीको उच्च मासका कारण पृथ्वी घुम्दा केही गति गुमाउँछ ।

यद्यपि, यसले हामीलाई त्यति असर गर्दैन जति नासाको हिसाबमा बाँधले पृथ्वीको परिक्रमा ०.०६ माइक्रोसेकेन्डले मात्र ढिलो गर्छ ।

अझ रोचक कुरा के हो भने पृथ्वीको परिक्रमाले समयलाई पनि असर गर्छ । हरेक पाँच वर्षमा दिनलाई एक मिलिसेकेन्डले लामो बनाउँछ । त्यसैले भविष्यमा दिन घन्टाले लामो हुनसक्छ । यसले उत्तरी ध्रुवलाई दुई सेन्टिमिटरले सार्न पनि सक्छ ।

त्यतिबेला यो परियोजनामा चीनको सबैभन्दा ठूलो लगानी गरेको थियो । थ्री गर्जेज बाँध चीनको केन्द्र भागमा रहेको हुबेइ प्रान्तको यालिङ जिल्लाको इचाङ भएर बग्ने याङत्से नदीमा निर्माण भई सन् २००३ देखि सञ्चालनमा आएको छ । यो आयोजना बनाउन त्यतिबेला ३१ अर्ब ७६ करोड डलर (२ खर्ब ३ अर्ब युआन) लागेको थियो ।

बाँधले रोकेको पानीको उच्चमात्राका कारण यसले चीनको पश्चिमी क्षेत्रभित्र साना भूकम्प सिर्जना गरेको बताइएको छ ।

चीनका जनतालाई सुरक्षित राख्न उक्त क्षेत्रका १३ लाख मानिसलाई बाँधबाट उत्पन्न हुने भूकम्प अस्थिर भएकाले स्थानान्तरण गर्नुपरेको थियो ।

बाँधले वास्तवमा तीन प्रान्तका १ सय १४ सहर र १ हजा ६ सय ८० गाउँका बासिन्दा प्रभावित भएका छन् । चीनमा कम्युनिस्ट शासन भएका कारण बाँधको विरोध गर्न बाहिर निस्केकालाई सरकारले दमन गरेको थियो । त्यहाँ बाँध निर्माण प्रक्रिया र निर्माण भएपछि यसका काम देखाउने बारे पुरानो वृत्तचित्र पर्याप्त छ ।

समग्रमा, बाँधले चिनियाँ जनताको जीवनस्तर सुधार गर्नुको सट्टा थप हानी पुर्याएको देखिन्छ । यद्यपि, इन्जिनियरिङका हिसाबले यो बाँध नमुना रहेको छ ।

चीनले संसारको दोस्रो ठूलो १६ हजार मेगावाट क्षमताको बाइटान जलविद्युत आयोजना ३ वर्षअघि सम्पन्न गरेको छ ।

बढ्दो बालुवाले संकट पार्दै थ्रि गर्जेज

जलासयमा बढ्दो बालुवाले संकट पार्दै थ्रि गर्जेज पनि सेडिमेन्टको समस्यामा पर्न थालेको छ । विश्वका हजारौं ठूला बाँध बालुवा र माटोले भरिन थालेसँगै थ्रि गर्जेजको जलाशयको आकार बिस्तारै घट्दै जाने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्र संघका शोधकर्ताहरूले संसारभरि सञ्चालनमा रहेका अधिकांश बाँध आउँदो सन् २०५० सम्ममा आफ्नो भण्डारण क्षमताको एक चौथाइ क्षमता गुमाउने खतरा रहेको निष्कर्ष निकालेका छन् ।

शोधकर्ताका अनुसार आगामी २७ वर्षसम्म थ्री गर्जेज बाँधमा पनि माटो र बालुवा थुप्रिएर जलसतह घट्ने र त्यसले विद्युत उत्पादनमा असर गर्ने देखिएको छ । यसले गर्दा पानी र ऊर्जा सुरक्षामा खतराको घन्टी बज्ने चेतावनी शोधकर्ताहरूको छ ।

आयोजनाले जलविद्युत उत्पादन, बाढी नियन्त्रण र पर्यटन प्रवद्र्धनमा सहयोग गर्दै आएको छ । बाँधको उचाइ १ सय ८१ मिटर छ ।

राष्ट्र संघको पानी, वातावरण र स्वास्थ्य संस्थाको नयाँ अध्ययनले यो शताब्दी मध्यसम्ममा बाँध र जलाशयहरूले लगभग १६ खर्ब ५० अर्ब घनमिटर पानी भण्डारण क्षमता गुमाउने देखाएको छ ।

बाँधमा बालुवा र माटोको सतह बढेपछि जलाशय आयोजना नदी प्रवाहीमा रुपान्तरण हुनेछ । जसले विश्वको आधाभन्दा बढी जनसंंख्यालाई असर गर्छ ।

यो आँकडा भारत, चीन, इन्डोनेसिया, फ्रान्स र क्यानडाको संयुक्त वार्षिक पानी प्रयोगको नजिक छ । अन्वेषकहरूले १ सय ५० देशमा लगभग ५० हजार ठूला बाँध हेरेर तिनीहरूले पहिले नै लगभग १६ प्रतिशत पानी भण्डारण क्षमता गुमाइसकेको पत्ता लगाएका छन् ।

नदीले प्राकृतिकरूपमा ल्याउने बालुवा सिमसार र तटमा जम्मा हुने र यसले बाँध र पानी प्रवाहलाई बाधा पुर्याउने देखिएको छ । लेदोे जमेर निर्माण हुने संरचनाले बिस्तारै पानीका लागि ठाउँ कम गर्छ ।

धेरैका लागि भविष्यको पानी आपूर्तिको दिगोपन खतरामा पर्छ भने सिँचाइ र ऊर्जा उत्पादनमा जोखिम खडा गर्छ । सेडिमेन्टेसन जलासय आयोजनाको एउटा ठूलो मुद्दा हुन पुगेको छ । २०५० सम्म १० औं हजार ठूला बाँध आफ्नो इच्छित आयुको नजिक पुग्ने शोधकर्ताको दाबी छ ।

विश्वका ६० हजार ठूला बाँध (१९३० देखि १९७०) बीचमा निर्माण गरिएका हुन् भने ती बाँध ५० देखि १ सय वर्षसम्मका लागि डिजाइन गरिएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend