२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

‘विकास–निर्माणका काममा सरकार क्रियाशील छ’ : वनमन्त्री शाही

शनिवार , फाल्गुण १०, २०८१

ढोरपाटन (बागलुङ) । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् ।

आज बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले विकास निर्माणका कामलाई प्रमुख प्राथमिकता दिएर तदनुरुप् काम गरिरहेको बताए ।

आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको र यो सरकार गठन भएपछि आर्थिक अवस्थामा पनि सुधार आएको उनको कथन थियो ।

यद्यपि उनले सन्तोष मानेर बस्ने बेला नभएको भन्दै अर्थतन्त्रलाई अझ सुदृढ बनाउन निजी क्षेत्रसँगको साझेदारीमा अझ धेरै काम गर्न बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट