बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

‘विकास–निर्माणका काममा सरकार क्रियाशील छ’ : वनमन्त्री शाही

‘विकास–निर्माणका काममा सरकार क्रियाशील छ’ : वनमन्त्री शाही

ढोरपाटन (बागलुङ) । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् ।

आज बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले विकास निर्माणका कामलाई प्रमुख प्राथमिकता दिएर तदनुरुप् काम गरिरहेको बताए ।

आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको र यो सरकार गठन भएपछि आर्थिक अवस्थामा पनि सुधार आएको उनको कथन थियो ।

यद्यपि उनले सन्तोष मानेर बस्ने बेला नभएको भन्दै अर्थतन्त्रलाई अझ सुदृढ बनाउन निजी क्षेत्रसँगको साझेदारीमा अझ धेरै काम गर्न बाँकी रहेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend