२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

स्काउटको अवस्था देशभर खस्किँदै गएको छः मन्त्री चौधरी

शनिवार , फाल्गुण १०, २०८१

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको अवस्था देशभर खस्किँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शनिबार स्काउट डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले मधेस प्रदेशमा स्काउटको अवस्था दयनीय रहेको बताए । उनले मधेस प्रदेशको स्थिति हेर्दा देशमा स्काउट हराएको महशुस भएको बताए ।

मधेस प्रदेशमा स्काउटको नेतृत्व गर्ने व्यक्तिहरु केही पनि नजान्ने र स्काउटसँग सरोकार नै नराख्ने किसिमका रहेको बताए । उनले आफ्नो कार्यकालमा स्काउटलाई राम्रो बनाउने प्रतिवद्धता जनाए ।

मन्त्री चौधरीले भने, ‘हामी ७५३ वटा स्थानीय तह छौँ । अस्ति म जनकपुर जाने सिलसिलामा मधेस प्रदेशको अफिस गएको थिएँ । त्यो ठाउँ हेर्दाखेरी मधेस प्रदेशको स्काउटिङको अवस्था हेर्दा मैले साँच्चै यो देशमा स्काउट हराएको छ भन्ने महशुस भयो । हामी मधेसमा पढ्दा जुन किसिमको थियो, तराई मधेसमा अहिले स्काउटिङ तराई मधेसमा नेतृत्व लिने व्यक्तिहरुले स्काउटसँग कुनै सरोकार नराख्ने, हात मिलाउन पनि नआउने, केही नजान्ने रहेछन् । मधेस प्रदेशमा स्काउटको हालत छ, त्यो धेरै नै नराम्रो छ ।’

मन्त्री चौधरीले स्काउटमा बारम्बार काम गर्न खोजे पनि काम हुन नसकेको स्वीकार गरे । उनले स्काउटको नयाँ कार्यसमितिमा कुनै राजनीतिक दबाब बिन कर्मचारी ल्याएको बताए ।

सार्वजनिक संस्थामा आउनेहरुले राजनीति गर्न नहुने उनले बताए । उनले राजनीति गर्ने भए वडाध्यक्ष, सांसदमा प्रतिष्पर्धा गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट