२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

मौसम : पश्चिमी वायुको प्रभाव, दिनभरको अवस्था कस्तो ?

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ ।

आज दिउसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट