२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

कागेश्वरी मनोहरा नगर अस्पतालको मुहार फेर्न सफल भएका छौं : मेयर कार्की

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले कागेश्वरी मनोहरा नगर अस्पतालको मुहार फेर्न सफल भएको बताएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ७ स्थित फोर्सपार्क चोकमा निर्माण गरिएको पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको स्मृति पार्कको उद्घाटन कार्यक्रममा बोल्दै मेयर कार्कीले अहिले नगर अस्पतालले दैनिक ५ देखि ६ सय बिरामीलाई सेवा दिँदै आएको बताए ।

उनले भने-  'नगर अस्पतालमा पहिला ४ जना विशेषज्ञले सेवा दिँदै आइरहनु भएका थियो भने अहिले अस्पतालले आफ्नो सेवा विस्तार गरेको छ । २२ जना विशेषज्ञले महिनामा १२ देखि १३ हजारलाई सेवा दिइरहनु भएको छ ।' अस्पतालले एक महिनामा ९१ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्न सफल भएको कार्कीको भनाइ छ ।

आफू नगरापालिकाको नेतृत्वमा आएसँगै विभिन्न सुधारका कामहरु गर्दै आएको बताउँदै कार्कीले सबैको सल्लाहमा डाक्टर र नर्सको संख्या बढाएपछि अस्पतालले दिने सेवा विस्तार भएको बताए ।

कार्कीले स्वास्थ्य सेवा सुधारका लागि नगरापालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले जेष्ठ नागरिक स्वास्थ्य कार्यकम्र, उपमेयरसँग प्रजनन स्वास्थ्य कार्यक्रम लगायत क्षयरोग मुक्त नगर बनाउने विभिन्न अभियानमा पालिका लागेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट