२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

सांसद राईको प्रश्नः भन्सारमा नेपाली एजेण्टले काम नपाउने र विदेशीले प्रभाव पार्ने कसरी भयो ?

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द) की सांसद दुर्गा राईले भन्सारमा नयाँ एजेण्टले काम नपाउने र विदेशी एजेण्टले बढी प्रभाव पारेको समाचार आएको भन्दै अर्थ मन्त्रालयसँग जवाफ माग गरेकी छन् ।

आईतबार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर छलफलमा सहभागी हुँदै उनले यस्तो बताएकी हुन् । उनले भन्सार अर्थतन्त्रसँग प्रत्यक्ष जोडिने भन्दै भन्सारमा हुने गतिविधिले अर्थतन्त्रमा प्रत्यक्ष असर पुग्ने बताइन् । उनले मुलुकलाई कतातिर लैजाने भन्नेकुरा भन्सारका गतिविधिले पनि तय गर्ने बताइन् ।

उनले भनिन्, ‘भन्सार अर्थतन्त्रसँग प्रत्यक्ष जोडिन्छ । मुलुकको अर्थतन्त्रमा नै प्रभाव पार्दछ । भन्सारमा हुने गतिविधिले सिधा अर्थतन्त्रमा प्रभाव पार्दछ । मुलुकलाई कतातिर लैजाने भन्नेकुरा भन्सार विभागको गतिविधिले असर पार्दछ । भन्सारमा नयाँ एजेण्टले काम नपाउने र विदेशी एजेण्टले बढी प्रभाव पारेको भन्ने छ । यो बारेमा के हो समितिसँग र अर्थ मन्त्रालयसँग मेरो जिज्ञासा छ । नेपालको भन्सार एजेण्टले किन काम पाउन सकेका छैनन् ?’

उनले नेपालको भन्सार एजेण्टले किन काम पाउन सकेका छैनन् ? भन्दै प्रश्नसमेत गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट