
काठमाडौं । नेकपा (माओवादी केन्द) की सांसद दुर्गा राईले भन्सारमा नयाँ एजेण्टले काम नपाउने र विदेशी एजेण्टले बढी प्रभाव पारेको समाचार आएको भन्दै अर्थ मन्त्रालयसँग जवाफ माग गरेकी छन् ।
आईतबार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर छलफलमा सहभागी हुँदै उनले यस्तो बताएकी हुन् । उनले भन्सार अर्थतन्त्रसँग प्रत्यक्ष जोडिने भन्दै भन्सारमा हुने गतिविधिले अर्थतन्त्रमा प्रत्यक्ष असर पुग्ने बताइन् । उनले मुलुकलाई कतातिर लैजाने भन्नेकुरा भन्सारका गतिविधिले पनि तय गर्ने बताइन् ।
उनले भनिन्, ‘भन्सार अर्थतन्त्रसँग प्रत्यक्ष जोडिन्छ । मुलुकको अर्थतन्त्रमा नै प्रभाव पार्दछ । भन्सारमा हुने गतिविधिले सिधा अर्थतन्त्रमा प्रभाव पार्दछ । मुलुकलाई कतातिर लैजाने भन्नेकुरा भन्सार विभागको गतिविधिले असर पार्दछ । भन्सारमा नयाँ एजेण्टले काम नपाउने र विदेशी एजेण्टले बढी प्रभाव पारेको भन्ने छ । यो बारेमा के हो समितिसँग र अर्थ मन्त्रालयसँग मेरो जिज्ञासा छ । नेपालको भन्सार एजेण्टले किन काम पाउन सकेका छैनन् ?’
उनले नेपालको भन्सार एजेण्टले किन काम पाउन सकेका छैनन् ? भन्दै प्रश्नसमेत गरिन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend